
२७ वर्षको सरकारी सेवाबाट अवकास भईन स्वास्थ्यकर्मी नारायणी ?
पुनर्वास- स्वास्थ्य क्षेत्रको लामो सेवापछी कंचनपुरको पुनर्वास नगरपालिका-५, भानुबस्ती स्थायी घर भएकी नारायणी जोशी सरकारी सेवाबाट अवकास भएकी छन ।
कुशल स्वास्थ्यकर्मीको भुमिका निर्वाह गरि जनतालाई स्वास्थ्य उपचारको अनुभुती दिलाउदै उनले आफ्नो जिवनकालको २७ वर्ष सरकारी सेवामा बिताउदै बिहिबार सरकारी सेवाबाट अवकास भएकी हुन् ।
नेपाल सरकारको प्रचलित नियमानुसार ६० वर्ष उमेर पुगेर अवकास भएकी स्वास्थ्यकर्मी जोशीको बिहिबार स्वास्थ्य चौकीमा एक भव्य कार्यक्रमको आयोजना गर्दै नव निर्वाचित नगर प्रमुख तोयप्रसाद शर्मा, उपप्रमुख भुलिया राना, १,२ र ३ वडाका जनप्रतिनिधिहरु, स्वास्थ्य कर्मचारी र स्थानीयले बिदाई गरेको थियो ।
स्वास्थ्यकर्मी जोशी सुरुवात देखि नै कालिका स्वास्थ्य चौकीमा सिनियर अनमीको रुपमा कार्यरत थिईन । बिदाई कार्यक्रममा उपस्थित स्थानीय र सहकर्मीहरुले उनको सेवा प्रती निकै प्रशंसा गरेका थिए ।
बिदाई हुँदै स्वास्थ्यकर्मी जोशीले सरकारी सेवाबाट अवकास भएपनी जनताको सेवामा आफू सदैब कटिबद्ध भई लाग्ने बताईन ।