
अछाममा खच्चर हिँडिरहेका बेला झोलुंगे पुलको लठ्ठा चुँडियो
Above Article Content Ad
अछाम- अछामको पञ्चदेवल विनायक नगरपालिका-९ र दैलेखको आठबिस नगरपालिका-४ जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिएको छ । लठ्ठा चुँडिएपछि दुई जिल्लाबीच आउजाउ बन्द भएको छ भने पुलमा हिँडिरहेका १२ खच्चर पुलमै अड्किएका छन् ।
सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने उक्त पुलको एकातर्फको लठ्ठा चुँडिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय अछामले जिप्रकाबाट पनि प्रहरीको टोली घटनास्थल पुगिरहेको र घटनास्थल नजिक पर्ने प्रहरी चौकीबाट प्रहरी टोली उद्धारमा खटिएको बताएको छ । पुलमा हिँडिरहेका १३ खच्चरमध्ये एक खच्चर पुलबाट खसेकोमा उद्धार गरिसकिएको बताइएको छ ।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad