Above Article Ad
  • क्रोएशियामा गौरा पर्व विशेष सांगीतिक साँझ हुने

    Above Article Content Ad
  • क्रोएशिया -सुदूरपश्चिमेली नेपाली समाज, क्रोएशियाको आयोजनामा गौरा पर्व २०२६ को अवसरमा विशेष सांगीतिक साँझ आयोजना हुने भएको छ ।

    आगामी १३ सेप्टेम्बर २०२६ आइतबार जाग्रेबस्थित Boogaloo Club मा हुने कार्यक्रममा नेपालका चर्चित गायक नवीन के. भट्टराईको क्रोएशियाका लागि पहिलो प्रस्तुति रहने सुदूरपश्चिमेली नेपाली समाज, क्रोएशियाका अध्यक्ष चेतन बिसीले जानकारी दिए।

    Article inline ad #1
  • आयोजकका अनुसार दिउँसो २ बजेदेखि सुरु हुने कार्यक्रममा क्रोएशियामा रहेका नेपाली समुदायको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। गौरा पर्वको सांस्कृतिक महत्वलाई प्रवासमा पनि जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा नेपाली संस्कृति, संगीत र आपसी सद्भावको वातावरण सिर्जना हुने विश्वास गरिएको छ।

    Article inline ad #2

    सुदूरपश्चिमेली नेपाली समाज, क्रोएशियाले क्रोएशियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई परिवार र साथीभाइसँग सहभागी भई कार्यक्रमलाई सफल बनाउन आग्रह समेत गरेको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6