
सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघले कारबाही
काठमाडौंः नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघले कारबाही गरेको छ।
सन्दीपले सोही कुराको उल्लंघन गरेको क्यानको निष्कर्ष छ। जय ट्रफीमा सन्दीपले बागमती प्रदेशको टोलीको कप्तानी गरेका थिए। उनको टोली फाइनलमा पुग्न सकेन। नेपाल पुलिस क्लबले आर्मी क्लबलाई पराजित गर्दै उपाधि जितेको थियो । सन्दीपले जनवरी १० मा सामाजिक सञ्जालमा नेपाली अम्पायरको स्तरमा सुधार हुनुपर्ने उल्लेख गर्दै अम्पायरको निर्णय राम्रो नभए धेरै खेलाडीहरूलाई असर पुग्ने बताएका थिए।


























