Above Article Ad
  • राज्यमन्त्री चढ्ने गाडीलाई ट्राफिक प्रहरीले चिट काट्यो

    Above Article Content Ad
  • काठमाडौँ -सुदूरपश्चिमकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकी पौडेल कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको छ ।

    सार्वजनिक बिदामा पास नलिई गाडी चलाएको भेटिएपछि कैलीलीको धनगढीस्थित क्याम्पसचोकमा ट्राफिक प्रहरीले गाडी नियन्त्रणमा लिएर चालकलाई जरिबाना गरेको हो ।

    Article inline ad #1
  • राज्यमन्त्रीले प्रयोग गर्दै आएको सुदूरपश्चिम प्रदेश–०१–००१ झ ०३९७ नम्बरको गाडीलाई जरिबाना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका इन्स्पेक्टर रेशम आचार्यले पुष्टि गरे । उनले भने, ‘निषेध गरेको समयमा चलाएको कसुरमा जरिबाना गरेका छौँ।’

    Article inline ad #2

    आइतबार ट्राफिक प्रहरीले गाडी रोकेर कागजात माग्दा सो गाडीमा राज्यमन्त्री थिइनन् । चालकलाई पहिलो पटक ५ सय रुपैयाँ जरिबाना गरिएको छ । सार्वजनिक बिदाको दिनमा सरकारी गाडी प्रयोग गर्दा पास देखाउनुपर्ने प्रावधान लागू गरिएको छ ।

    कैलाली ट्राफिकले यसअघि बिना हेलमेट बुलेट मोटरसाइकल चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहलाई पनि जरिबाना गरेको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6