Above Article Ad
  • बैतडीमा जिप दुर्घटना हुदाँ दुई जनाको मृत्यु चार जना गम्भीर घाईते

    Above Article Content Ad
  • धनगढी: बैतडीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। शनिबार बिहान सिगास गाउँपालिका-१ मा सुपप्र ०१९००१ च ४०२८ नम्बरको जिप दुर्घटना हुँदा गम्भीर घाइते भएकी सिगास-१ की १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको मृत्यु भएको प्रहरीले बताएको छ। उनीहरुको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ।

    दुर्घटनामा अन्य चार जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार ४० वर्षीया तुलसी धामी, १६ वर्षीया निरा धामी, १८ वर्षीया कमला धामी र १४ वर्षीया धौली धामी गम्भीर घाइते भएका छन्। उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

    Article inline ad #1
  • जिपमा चालकसहित ८ जना सवार रहेकामा जिप चालक फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले बताएको छ। दुर्घटनाका क्रममा झ्यालबाट हाम फालेकी धना धामी सकुशल रहेको प्रवक्ता पाण्डेयले बताए।

    Article inline ad #2

    गणानबाट इराना जाँदै गर्दा सिगास-१ को माँडौ भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको जिप सडकबाट करिब ५ सय मिटर तल खसेको जनाइएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रवक्ता पाण्डेयले जानकारी दिए।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button