
विपिन जोशीकी आमा र बहिनी १० दिन पछि स्वदेश फिर्ता
Above Article Content Ad
धनगढी- हमासद्वारा अपहरणमा परेका नेपाली विपिन जोशीकी आमा र बहिनी १० दिनको इजरायल भ्रमणपछि स्वदेश फर्किएका छन्। भ्रमणका क्रममा उनीहरूले इजरायलका राष्ट्रपति, प्रधानमन्त्री, सेना प्रमुख र परराष्ट्रमन्त्रीसँग भेटवार्ता गरेका थिए। साथै, विपिन अपहरणमा परिएको स्थान समेत उनीहरूले अवलोकन गरेका थिए।
तेलअभिभ विमानस्थलमा नेपाली राजदूत धनप्रसाद पण्डित, प्रधानमन्त्री कार्यालयका प्रतिनिधि जोस र नदाब बेन यहुदाले उनीहरूलाई विदाइ गरेका थिए। गत वर्ष अक्टोबरमा हमासले इजरायलमाथि गरेको आक्रमणका क्रममा विपिन जोशी बन्धक बनेका थिए।
Article inline ad #1
उक्त आक्रमणमा करिब १,२०० जनाको ज्यान गएको थियो भने २५१ जना बन्धक बनाइएका थिए। सोही आक्रमणमा १० जना नेपालीले ज्यान गुमाएका थिए। विपिन जोशी ११ महिनाका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका थिए।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















