Above Article Ad
  • कञ्चनपुरका सीडीओ फेरिए, कैलालीसहितका दर्जन जिल्लाको तयारी

    Above Article Content Ad
  • काठमाडौं – सुदूरपश्चिमस्थित कञ्चनपुरका सिडिओ मदन कोइरालाको राष्ट्रपति कार्यालयमा सरुवा भएको छ। अस्ति उनको सरुवा गरिएकोमा उनी गैसकेका भने छैनन्।

    हालसम्म उनले नै प्रशासनको जिम्मेवारी वहन गरिरहेकोमा नयाँ मान्छे पनि पठाइएको छैन। यसबीच गृह मन्त्रालयले ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गर्ने तयारी गरेको छ।

    Article inline ad #1
  • मन्त्रालयले नयाँ आएका सहसचिवको व्यवस्थापनसँगै एक वर्षभन्दा बढी अवधि पूरा गरेका सीडीओलाई सरुवा गर्ने गृहकार्य अघि बढाएको हो।

    Article inline ad #2

    गृह मन्त्रालयमा भित्रिएका पाँच सहसचिवको व्यवस्थापन गर्न बाँकी छ। रामेछाप, सिन्धुली, महोत्तरी, दैलेख, प्युठान र कञ्चनपुरमा सहसचिवस्तरका सीडीओ पठाउनुपर्ने भएपछि मन्त्रालयले सरुवाको तयारी तीव्र पारेको हो।

    गृहमा आएका सहसचिवहरू दीपक लामिछाने, गीताकुमारी होमागाईं, वीरेन्द्रकुमार मिश्र, विमलप्रसाद बराल र शिवप्रसाद रेग्मीलाई प्रमुख जिल्ला अधिकारी बनाएर विभिन्न जिल्लामा पठाउने सम्भावना छ।

    त्यसैगरी, एक वर्षभन्दा बढी अवधि पूरा गरेका चितवन, काठमाडौं, मोरङ, पर्सा, धनुषा, मकवानपुर, काभ्रेपलाञ्चोक, बाँके, बर्दिया र कैलालीलगायत जिल्लाका सीडीओ पनि गृहको सरुवा प्राथमिकतामा छन्।

    हाल चितवनका सीडीओ गणेश अर्याल १५ महिनादेखि कार्यरत छन् भने काठमाडौंका सीडीओ ईश्वरराज पौडेलको कार्यकाल १४ महिना पूरा भएको छ। त्यस्तै मोरङका युवराज कट्टेल, पर्साका भोला दाहाल, धनुषाका प्रेमप्रसाद लुईंटेल, मकवानपुरका बसन्त अधिकारी, काभ्रेपलाञ्चोकका गोपालकुमार अधिकारी, बाँकेका दिलकुमार तामाङ र बर्दियाका गोगनबहादुर हमाल पनि सरुवाको सूचीमा छन्।

    कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको पनि एक वर्षे कार्यकाल पूरा भइसकेको छ। त्यसैले कैलालीसहितका जिल्लामा नयाँ सीडीओ पठाउने गृहको तयारी छ। गृह मन्त्रालयले सामान्यतः एक वर्ष अवधि पूरा गरेका प्रमुख जिल्ला अधिकारीलाई सरुवा गर्दै आएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6