
कैलालीमा अख्तियारको ‘स्ट्रिङ अप्रेसन’, २ लाख घुससहित बम पक्राउ
Above Article Content Ad
धनगढी -सुदूरपश्चिम प्रदेशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘स्ट्रिङ अप्रेसन’ सञ्चालन गर्दै घुससहित एक जनालाई पक्राउ गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले कैलालीको गौरीगंगा नगरपालिका–४ स्थित कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य तेजबहादुर बमलाई २ लाख रुपैयाँ नगदसहित पक्राउ गरेको हो।
Article inline ad #1
अख्तियार कार्यालय कञ्चनपुरका प्रवक्ता चेतराज पन्तका अनुसार विद्यालयमा कार्यरत कर्मचारीको सेवा–सुविधा वृद्धि गरिदिने प्रलोभन देखाउँदै रकम मागेको सूचनाका आधारमा अख्तियारले ‘स्ट्रिङ अप्रेसन’ सञ्चालन गरेको थियो। सोही क्रममा बमलाई बिहीबार २ लाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिइएको हो।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad














