
सुनचाँदीको मूल्य बढ्यो
Above Article Content Ad
काठमाडौँ- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला रु तीन हजार ३०० र चाँदीको मूल्य रु १३० ले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख १६ हजार ७०० कायम भएको छ। असली चाँदीको मूल्य प्रतितोला रु चार हजार ९८५ निर्धारण भएको छ।
हिजो छापावाल सुन प्रतितोला रु तीन लाख १३ हजार ४०० र असली चाँदी प्रतितोला रु चार हजार ८५५ मा कारोबार भएको थियो।
Article inline ad #1
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५४०.१८ र चाँदी ६८.९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















