Above Article Ad
  • पुनर्वासमा वडा कार्यालयलाई  शव चिस्यान हस्तान्तरण

    Above Article Content Ad
  • पुनर्वास -कञ्चनपुरको पुनर्वास  नगरपालिका–११ मा अक्सिजन संकलन तथा व्यवस्थापन समितिले शव चिस्यान (मोर्ट्युरी फ्रीजर) हस्तान्तरण गरेको छ।

    पुनर्वास नगरपालिकामा देखिएको समस्यालाई मध्यनजर गर्दै समितिले शनिबार  वडा कार्यालयलाई एक समारोहका बीच शव चिस्यान हस्तान्तरण गरेको हो ।

    Article inline ad #1
  • कार्यक्रमका प्रमुख अतिथि पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले  नगरले योजना बनाईरहदा स्थानीय स्तरबाट शव चिस्यान सहयोग प्राप्त हुनुले स्थानीय सरकार प्रती स्थानीयहरुको सहयोगी भावना देखिएको प्रती आफू अत्यन्तै खुशी भएको बताउनुभयो ।

    Article inline ad #2

    उहाँले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राख्दै  समितिका सम्पुर्ण पदाधिकारीहरुलाई  धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

    समितिका अध्यक्ष पुर्ण बहादुर तमाङले पुनर्वासमा शव चिस्यान छिमेकी पालिकाबाट ल्याउनु परेका अवस्थालाई मध्यनजर गर्दै समुदायमा सहायता पुर्‍याउने उद्देश्यले यो उपकरण हस्तान्तरण गरिएको बताउनुभयो।

    “शव व्यवस्थापनमा देखिएको समस्यालाई कम गर्न यो हाम्रो तर्फबाट गरिएको सानो प्रयास हो।” उहाँले भन्नुभयो

     

    संस्थापक अध्यक्ष भुपेन्द्र अधिकारीले समितिले यसअघि पनि विभिन्न सामाजिक  कार्यक्रमहरू सञ्चालन गर्दै आएको र यस समितीलाई यहाँ सम्म पुर्‍याउनुहुने  सम्पुर्ण सहयोगी मन र यस समितीका पदाधिकारी प्रती हार्दिक आभार प्रकट गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button