Above Article Ad
  • पुनर्वासमा ट्राफिक प्रहरीको सक्रियताले राजश्व संकलनमा वृद्धि

    Above Article Content Ad
  • पुनर्वास- कंचनपुरको पुनर्वासमा ट्राफिक प्रहरीले सक्रियता देखाएसंगै राजश्वमा पनि वृद्धि भएको छ ।

    अस्थायी ट्राफिक प्रहरी पोष्ट त्रिभुवनबस्तीले बैशाख देखि असार पहिलो सातामा मात्रै साना तथा ठुला ४ सय ३१ सवारी कार्वाहीमा दुई लाख साढे सत्ताईस हजार राजश्व संकलन गरेको ट्राफिक हवल्दार जीवन भण्डारीले जानकारी दिए ।

    Article inline ad #1
  • ट्राफिक हवल्दार भण्डारीले ट्राफिक नियम उल्लंघन गर्ने सवारीलाई कुनै कसुर बाकी नराखी कार्वाही गर्ने गरेको दावी गरे । पुनर्वासमा धेरैजसो मोटरसाईकल चालकहरुले हेल्मेट ट्राफिक प्रहरीका लागि लगाईदिनुपर्ने जस्तो व्यवहार गर्ने गरेपनि तर त्यसो नभई ट्राफिक नियम आफ्नै सुरक्षाको लागि भएको उनले बताए ।

    Article inline ad #2

    त्यस्तै उनले ट्राफिक नियम उल्लंघन गर्दा नियन्त्रणमा लिईएका सवारी साधनका कागजातहरु १५ दिनभित्र कार्यालयबाट लिन अनुरोध गर्दै नलिए जिल्ला ट्राफिक कार्यालय कंचनपुर पुर्याईने बताए । कंचनपुरको पुनर्वास क्षेत्र सबैभन्दा ट्राफिक नियमको उल्लंघन गर्ने क्षेत्रका रुपमा पनि मानिन्छ । तर ट्राफिक प्रहरीको सक्रियताले केहि हदसम्म नियन्त्रण भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट त्रिभुवनबस्तीको अनुमान छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    0
    +1
    0
    +1
    2
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button