Above Article Ad
  • पुनर्वासमा थ्रेसरबाट घाइते महिलाको उपचारका क्रममा मृत्यु

    Above Article Content Ad
  • पुनर्वास– कञ्चनपुरको पुनर्वासमा धानमा थ्रेसर लगाउने क्रममा थ्रेसरको पट्टामा कपाल बेरिदा घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

    शनिबार बिहान पुनर्वास नगरपालिका वडा नम्बर ५ ग गाउँमा आफ्नै घरमा थ्रेसर लगाउने क्रममा पट्टामा कपाल बेरिदा गम्भीर घाइते भएकी अन्दाजी ४५ वर्षीय भगवती थापाको उपचारका क्रममा भारतको लखनउमा मृत्यु भएको हो।

    Article inline ad #1
  • गम्भीर घाइते थापाको टाउकोको कपाल सहितको माथिल्लो भाग भुइँमा झरेको थियो।

    Article inline ad #2

    घाइते थापालाई तत्कालै धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचारका लागि लगिए पनि  अवस्था गम्भीर रहेको भन्दै भारतको लखनउ रिफर गरिएको थियो।

    घाइते थापाको उपचारका क्रममा मृत्यु भएको  प्रहरीले जानकारी दिएको छ।

    मृतक थापाका दुई छोरा र एक छोरी थिए। २१ वर्षीय कान्छो छोरा यसै वर्षको हरितालिका तीजको राती   मोटरसाइकल दुर्घटनामा परी पुनर्वास १०  दोंदा पुलमा मृत्यु भएको थियो।

    छोराको मृत्युले भावविहिल भएको परिवारमा फेरि अर्को सदस्य गुमाउँदा परिवारमा झन् पीडा थपिएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    4
    +1
    2

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by