Above Article Ad
  • पुनर्वासबाट लागुऔषधसहित चार जना पक्राउ

    Above Article Content Ad
  •  

    इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले बिहीबार पुनर्वास नगरपालिका–१०, चकमेली बजार नजिक हुलाकी सडकखण्डमा सवारीसाधन जाँच गर्ने क्रममा तीन जनालाई पक्राउ गरेको हो।

    Article inline ad #1
  • प्रहरीका अनुसार पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–३ का ३० वर्षीय बिरेन्द्र चौधरी र हरिश खड्का ‘हरि’ तथा धनगढी–४ चौराहालाईनका ३० वर्षीय मनिष भट्ट रहेका छन्। उनीहरूको साथबाट १ ग्राम ४१० मिलिग्राम खैरो हेरोइन तथा विभिन्न प्रकारका ३० थान ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ।

    Article inline ad #2

    त्यसैगरी, सोही दिन साँझ चकमेली बजारस्थित कार्गिलडाँडाबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र.०१-०११ प ५७२९ नम्बरको मोटरसाइकललाई शंका लागेर जाँच गर्दा थप एक जना पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२ चौराहालाईनका २७ वर्षीय नरेन्द्र बहादुर बिष्ट रहेका छन्। उनको साथबाट ०.३६० मिलिग्राम खैरो हेरोइन बरामद भएको र मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतका अनुसार पक्राउ परेकाहरूविरुद्ध बरामद लागुऔषधसहित कानुनबमोजिम थप अनुसन्धान भइरहेको छ

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6