
पुनर्वासमा एक दाम्पतीद्वारा छोरीको अन्न प्राशनमा दश लाखको बीमा पोलिसी उपहार
Above Article Content Ad
पुनर्वास–कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका–९ का एक दम्पतीले छोरीको अन्न प्राशनमा बीमा पोलिसी उपहार दिएका छन् ।
बुधबार बिचफाँटाका हेमराज क्षेत्रीले छोरी सुहानालाई अन्न प्राशनका दिन १० लाख रुपैयाँको बीमा पोलिसी उपहार दिएका हुन् ।
Article inline ad #1
आफ्नो सनतानको उज्वल भविष्यको लागि बीमामा बचत र भविष्यको आर्थिक सुरक्षा प्राप्त गर्ने भएकोले आफ्नो छोरीलाई बीमा पोलिसी उपहार दिएको क्षेत्री दम्पतिको भनाई छ ।
Article inline ad #2
क्षेत्रीले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय आई.बी.आर.डी.बाट रिलायबल सुलभ बाल जीवन बीमा प्लस खरिद गरेका हुन् ।
यस बीमा योजनामा घातक रोग सुबिधा, पूर्ण अशक्त सुविधा, दुर्घटना मृत्यु लाभ सुविधा, आर्थिक आय सुविधा र बीमा शुल्क छुट सुविधाहरु उपलब्ध रहेको आई.बी.आर.डी.का शाखा प्रमुख शंकर जैशीले जानकारी दिए ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
+1
+1
+1
+1
Below Article Content Ad