Above Article Ad
  • श्री जीवन ज्योति माध्यमिक विद्यालयको ५३ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

    Above Article Content Ad
  • पुनर्वास – कञ्चनपुरको पुनर्वास नगरपालिका–६,स्थित श्री जीवन ज्योति माध्यमिक विद्यालयको ५३ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

    मंगलबार एक भव्य समारोहका बीच पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माको प्रमुख आतिथ्यमा विद्यालयको ५३ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको हो ।
    कार्यक्रममा बोल्दै नगर प्रमुख शार्माले बिधालयको शैक्षिक सुधार शिक्षकले मात्रै गर्न नसक्ने जिकिरे गरे । उनले अभिभावक,बिधार्थी र शिक्षकले आ–आफ्नो कर्तव्य र सकारात्मक भुमिका निर्वाह गरेमात्रै बिधालयको चौतर्फी विकास सम्भव हुने बताए ।
    बिधार्थीहरुको विभिन्न नृत्य,गायन प्रस्तुती रहेको कार्यक्रममा बिधालयका सहायक प्रधानाध्यापक सेते बिश्वकर्मा,परिचरद्वोय सुर्यबहादुर बस्नेत र पुजा पौडेलको बिदाई गरिएको थियो ।
    त्यस्तै, कार्यक्रममा अक्षयकोष स्थापना गरी बिधालयलाई सहयोग पु¥याउने १३ जना अक्षयकोष दातालाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरेको थियो ।
    पुनर्वास नगरपालिका–६ का वडाध्यक्ष तथा बिधालय व्यवस्थापन समितिका अध्यक्ष मित्रसिँह लामाको सभापतित्वमा सम्पन्न कार्यक्रमको बिशिष्ट अतिथीमा नगर उपप्रमुख भुलिया कुमारी राना,पूर्व नगर प्रमुख जिवनराज थापा,पूर्व उपप्रमुख शारदा बिष्ट आसिन थिए ।

    Article inline ad #1
  • बिधालयको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रतिवेदन प्रधानाध्यापक भरत कुमार बस्नेतले १ करोड ४ लाख ७६ हजार १ सय ६३ रुपैँया सार्वजनिक गरेका थिए । भने कार्यक्रममा अतिथीलाई स्वागत शिक्षक नवराज ओझा र कार्यक्रमलाई सञ्चालन शिक्षकद्वोय चन्द्र प्रसाद ढकाल र युवराज सुयलले गरेका थिए

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button