Above Article Ad
  • घर जग्गा पास गर्ने भन्दै रकम लिएर फरार धनगढीका जगत कुँवर जेल चलान

    Above Article Content Ad
  • धनगढी: घरजग्गा बिक्री गर्ने भन्दै रकम लिएर जग्गा पास नगरी फरार रहेका धनगढीका जगतबहादुर कुँवर जेल चलान भएका छन्।

    धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने ४३ वर्षीय कुँवरलाई कैलाली प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराएपछि फैसला कार्यान्वयनका क्रममा कैलाली जिल्ला कारागार चलान गरिएको हो।

    Article inline ad #1
  • अछामको साविक बुढाकोट–३ घर भएका कुँवरलाई लेनदेनमा ठगी गरेको अभियोगमा जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलबाट दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय सुनाइएको थियो।

    Article inline ad #2

    दार्चुलाको शैल्यशिखर नगरपालिका–४ काँडापारीका धनञ्जय विष्टका अनुसार कुँवरले धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीमा रहेको ३४० वर्गमिटर जग्गा र निर्माणाधीन घर १ करोड ७८ लाख रुपैयाँमा बिक्री गर्ने भन्दै उनीबाट रकम लिएका थिए।

    जग्गा लिखतसम्बन्धी लेनदेन कागजअनुसार कुँवरले २०७८ चैत ७ गते विष्टबाट २० लाख रुपैयाँ बयाना बुझेका थिए। घरजग्गा २०७९ वैशाख मसान्तभित्र पास गर्ने सहमति भएको थियो।

    विष्टका अनुसार वैशाख १२ गते कुँवरले थप ९ लाख ९९ हजार रुपैयाँ बैंकमार्फत र एक हजार रुपैयाँ नगद लिएका थिए। तर, तोकिएको समयभित्र घरजग्गा पास नगरी विभिन्न बहाना बनाउँदै आएका कुँवरले २०७९ असोज ३१ गते थप ६ लाख ५० हजार रुपैयाँसमेत मागेका थिए।

    घरजग्गा पास गर्न आलटाल गरेपछि विष्टले आफूले कुल ३६ लाख ५० हजार रुपैयाँ बयाना दिएको भन्दै २०७९ मंसिर १ गते उक्त घरजग्गा रोक्का गर्न माग गर्दै कैलाली जिल्ला अदालतमा फिराद दर्ता गरेका थिए।

    विष्टका अनुसार कुँवरले उक्त जग्गा त्यसअघि नै बैंकमा धितो राखेका थिए। एउटै घरजग्गा बिक्री गर्ने भन्दै कुँवरले विष्टसहित तीन जनाबाट बयाना रकम लिएको उनको आरोप छ। विष्टले आफू ठगिएपछि मात्रै अन्य दुई जनाबाट समेत सोही जग्गा र घर देखाएर कुँवरले रकम लिएको थाहा पाएको बताए।

    विष्टले कुँवर र उनकी श्रीमतीविरुद्ध २०७९ मंसिर १ गते मुद्दा दायर गरेका थिए। जिल्ला अदालतको फैसलाप्रति चित्त नबुझेपछि उनीहरू पुनरावेदनका लागि उच्च अदालत दिपायल पुगेका थिए। दुवै अदालतले कुँवर र उनकी श्रीमतीले विष्टलाई आधा–आधा रकम फिर्ता गर्नुपर्ने फैसला गरेका थिए।

    फैसलापछि कुँवरकी श्रीमतीले आफ्नो भागमा परेको १८ लाख २४ हजार पाँच सय रुपैयाँ फिर्ता गरे पनि कुँवरले भने रकम फिर्ता नगरेको विष्टले बताए।

    अदालतले उनीहरूको नाममा रहेको सम्पत्तिबाट रकम असुल गर्न फैसला गरे पनि दुवै जनाको नाममा तत्काल असुल गर्न सकिने सम्पत्ति नरहेको पाइएपछि आफूले पाउनुपर्ने रकम असुल हुन नसकेको विष्टको भनाइ छ।

    रकम फिर्ता नगरेपछि पक्राउ पर्ने डरले कुँवरकी श्रीमतीले आफ्नो भागको रकम फिर्ता गरे पनि कुँवर भने लामो समयदेखि फरार रहेका थिए।

    प्रहरीका अनुसार कुँवरलाई बुधबार धनगढी बसपार्कस्थित आफन्तको घरबाट पक्राउ गरिएको हो। पक्राउपछि अदालतमा उपस्थित गराइएका उनलाई फैसला कार्यान्वयनका क्रममा कैलाली जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

    कुँवरले दुई वर्ष कैद भुक्तान गर्नुपर्ने अदालतको फैसला भएकाले उनलाई साउन २० गते बुधबार नै कारागार चलान गरिएको छ।

    पीडित विष्टका अनुसार कुँवरबाट अझै १८ लाख २४ हजार ५ सय रुपैयाँ फिर्ता पाउन बाँकी छ। कुँवरले कैद भुक्तान गर्दा खानपिन तथा सिदाबापत लाग्ने १ लाख १ हजार ५ सय रुपैयाँ राज्यलाई बुझाइएको विष्टले बताए।

    विष्टले आफ्ना आफन्तका नाममा कुँवरले विभिन्न स्थानमा जग्गा राखेको दाबी गर्दै आफ्नो रकम फिर्ता गर्न नखोजेको आरोपसमेत लगाएका छन्।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6