Above Article Ad
  • कैलालीका एक युवक र युवती ब्राउन सुगरसहित पक्राउ

    Above Article Content Ad
  • पक्राउ पर्नेमा कैलालीको कैलारी गाउँपालिका–७ घर भई हाल धनगढी उपमहानगरपालिका–८ कान्तिपुर टोलमा डेरा गरी बस्ने १७ वर्षीया निसा चौधरी र धनगढी उपमहानगरपालिका–७ बस्ने १९ वर्षीय महेश राना रहेका छन्।

    Article inline ad #1
  • निज निसा चौधरीको डेरामा महेश रानाले लागूऔषध सेवन गरिरहेको भन्ने सूचनाका आधारमा शंका लागी प्रहरीले चेकजाँच गरेको थियो।

    Article inline ad #2

    सो क्रममा उनीहरूको साथबाट ३ ग्राम ६१४ मिलिग्राम लागूऔषध (ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ) फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बिहीवार दिउँसो १ः३० बजेको समयमा धनगढी उपमहानगरपालिका–८ कान्तिपुर टोलमा प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

    जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) बिर बहादुर चन्द र प्रहरी हवल्दार शेर बहादुर ठकुरीको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले विशेष सूचनाका आधारमा जाँच गर्दा उनीहरूलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कैलालीमा राखेर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6