
पुनर्वास नगरपालिकाको लोगो बनाउने उत्कृष्ट डिजाईनर बने रमेश विश्वकर्मा,नगद २० हजारले पुरस्कृत गरिने
पुनर्वास–कञ्चनपुरको दक्षिणीक्षेत्रमा पर्ने पुनर्वास नगरपालिका कार्यालयले जारी गरेको नगरपालिकाको लोगो बनाउने सुचनाको नतिजा सार्वजनिक गरिएको छ ।
नगरपालिकाले सोमबार सुचना जारी गर्दै पुनर्वास नगरपालिका–६ मा अवस्थित साईरेक्स कम्प्युटर सेन्टरका सञ्चालक रमेश विश्वकर्माले बनाएको लोगो उत्कृष्ट रहेको भन्दै सार्वजनिक गरेको हो ।
नगरपालिकाले जेठ १६ गते एक सुचना जारी गर्दै जेठ २५ गतेसम्म लोगो पेश गर्ने जनाएको थियो । सुचनापछि कञ्चनपुर र कैलालीका १२ जनाको आवेदन परेका थिए ।
जसमध्ये साईरेक्स कम्प्युटर सेन्टरका सञ्चालक विश्वकर्मालाई नगरपालिकाले उत्कृष्ट लोगो डिजाईनरका रुपमा घोषित गर्दै नगद २० हजार सहित पुरस्कृत गरिने प्रमुख प्रशासकीय अधिकृतले हस्ताक्षर गरेको सुचनामा उल्लेख छ ।
डिजाईनर विश्वकर्माले बनाएको लोगोमा पुनर्वासको समग्र क्षेत्रलाई समेटिएको छ । भने सबैभन्दा आकर्षक लोगो पनि त्यहि थियो ।
दुई दशक लामो समयदेखि पुनर्वास क्षेत्रमा ग्राफिक्स डिजाईनसँगै कम्प्युटर मर्मत र कम्प्युटर कोर्षमा निकै अनुभवीका रुपमा बिश्वकर्मा परिचित हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “नगरपालिकाले मेरो कर्मको उच्च सम्मान गरेको प्रति आफु निकै खुशी छु । नगरपालिका परिवारलाई हृदय देखि नै धन्यवाद छ ।”
उहाँको लोगो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा पनि यतिबेला बधाई दिनेको पनि लर्को देखिन्छ ।
















