
भारतको जम्मु–कश्मीरमा आतंकवादी आक्रमण, १ नेपालीसहित २६ जनाको मृत्यु
भारतः भारतको जम्मु–कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकमाथि आतंकवादीले गरेको आक्रमणमा कम्तीमा २६ जनाको ज्यान गएको छ।
घाइतेहरूको अनन्तनागस्थित अस्पतालमा उपचार भइरहेको छ। विपक्षी नेता राहुल गान्धीले यो घटनालाई ‘हृदयविदारक’ भन्दै संघीय सरकारले उत्तरदायित्व लिनुपर्ने माग गरेका छन्। भारत सरकारले पछिल्ला वर्षहरूमा कश्मीरलाई पर्यटन केन्द्रका रूपमा प्रवद्र्धन गर्दै आएको छ।
सन् २०२४ मा झन्डै ३५ लाख पर्यटकहरूले कश्मीर भ्रमण गरेका थिए। सन् २०१९ मा पुलवामामा भएको आक्रमणमा ४० सुरक्षाकर्मीको मृत्यु भएको थियो। सन् २००० मा भएको आक्रमणमा ३६ भारतीय नागरिकको ज्यान गएको थियो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पर्यटकमाथि गरिएको बर्बर आक्रमणलाई ‘क्रूर घटना’ भएको बताउँदै दोषीलाई कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।
Very good https://shorturl.at/2breu
Awesome https://shorturl.at/2breu
Great post! I really enjoyed reading this.
Good https://t.ly/tndaA
Good https://t.ly/tndaA