
भारतको जम्मु–कश्मीरमा आतंकवादी आक्रमण, १ नेपालीसहित २६ जनाको मृत्यु
Above Article Content Ad
भारतः भारतको जम्मु–कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकमाथि आतंकवादीले गरेको आक्रमणमा कम्तीमा २६ जनाको ज्यान गएको छ।
लस्कर–ए–तोयबाका संस्थापक हफिज सइद नेतृत्वको ‘द रेसिस्टेन्स फ्रन्ट’ (टीआरएफ) ले आक्रमणको जिम्मा लिएको भारतीय सञ्चारमाध्यमहरूको दाबी छ। सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै मृतकमध्ये १६ जनाको नाम सञ्चारमाध्यमले सार्वजनिक गरेका छन्, त्यसमा एक नेपाली भनेर सुदीप न्यौपानेको नाम उल्लेख छ तर विस्तृत विवरण छैन। घटनालगत्तै गृहमन्त्री अमित शाह कश्मीर पुगेका छन्।
घाइतेहरूको अनन्तनागस्थित अस्पतालमा उपचार भइरहेको छ। विपक्षी नेता राहुल गान्धीले यो घटनालाई ‘हृदयविदारक’ भन्दै संघीय सरकारले उत्तरदायित्व लिनुपर्ने माग गरेका छन्। भारत सरकारले पछिल्ला वर्षहरूमा कश्मीरलाई पर्यटन केन्द्रका रूपमा प्रवद्र्धन गर्दै आएको छ।
Article inline ad #1
सन् २०२४ मा झन्डै ३५ लाख पर्यटकहरूले कश्मीर भ्रमण गरेका थिए। सन् २०१९ मा पुलवामामा भएको आक्रमणमा ४० सुरक्षाकर्मीको मृत्यु भएको थियो। सन् २००० मा भएको आक्रमणमा ३६ भारतीय नागरिकको ज्यान गएको थियो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पर्यटकमाथि गरिएको बर्बर आक्रमणलाई ‘क्रूर घटना’ भएको बताउँदै दोषीलाई कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad


























