Above Article Ad
  • हरियाली धनगढी अभियानमा दून एकेडेमीको साथ

    Above Article Content Ad
  • धनगढी । धनगढी उपमहानगरपालिकाले सुरु गरेको दोस्रो चरणको ‘हरियाली धनगढी’ अभियानमा दून एकेडेमी धनगढीले साथ दिएको छ । धनगढी ३ मिलनचोकमा रहेको एकेडेमीले
    धनगढीलाई हरियाली प्रवर्द्धन गर्ने र धनगढीलाई पर्यावरण मैत्री बनाउने उद्देश्यले चार विरूवाका लागि २० हजार रूपैयाँ सहयोग गरेको हो ।

    एकेडेमीका विशेष सल्लाहकार हेम अधिकारी तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवेन्द्र अधिकारीले सो रकम धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई हस्तान्तरण गरेका हुन् ।

    Article inline ad #1
  • अहिले धनगढीको सो अभियानलाई देश तथा विदेशमा रहेका नेपालीहरुको साथ उल्लेख्य रुपमा बढ्न थालेको छ। उपमहानगरपालिकाले अघि सारेको हरियाली धनगढी अभियानमा विदेशमा रहेका नेपालीहरुले पनि खुलेर सहयोग र समर्थन जनाउन थालेका छन्।

    Article inline ad #2

    धनगढीलाई ‘ग्रिन–क्लिन’ बनाउने उमहानगरको योजना छ। यही योजनालाई सार्थक बनाउन पहिलो चरण अन्तर्गत धनगढी–अत्तरिया ६ लेन स्थित धनगढी क्षेत्रभित्रको मिडियनमा तारजालीसहित वृक्षारोपण गर्ने काम सम्पन्न गरिएको छ। मिडियनमा अहिले बोटविरुवा हुर्काउने काम भइरहेको छ। उपमहानगरपालिकाले हरियाली धनगढी अभियान अन्तर्गत पहिलो चरणको काम पुरा गरेर पुनः दोस्रो चरणको काम थालेको हो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App

    Click to download the app, install it, and make sure to enable “Unknown Sources.”

    Powered by