
कञ्चनपुरको पुनर्वासमा एकजना मृत भेटिए
Above Article Content Ad
पुनर्वास-कञ्चनपुरको पुनर्वासमा एकजना मृत भेटिएका छन्।
कञ्चनपुरको पुनर्वास नगरपालिका-६ टाउन स्थित युग ज्योति एकेडेमी माविको कम्पाउन्ड भित्र शौचालय अगाडि बरण्डामा पुनर्वास ५ ग गाउँका ६२ वर्षीय पदम बहादुर खड्का बिहीवार बिहान मृत अवस्थामा भेटिएका हुन् ।
शौचालय अगाडि बरण्डामा एक्कासि विद्यालयका शिक्षकले पल्टिएको अवस्थामा मान्छे देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
Article inline ad #1
घटनास्थल हेर्दा मदिरा अत्याधिक सेवन गरेको हुन सक्ने अनुमान गरिएपनि बाँकी घटनाको कारण भने प्रहरी अनुसन्धानबाट खोल्ने बताए।
Article inline ad #2
घटनाका विषयमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक महेशविक्रम शाहीले भने, ‘‘मृतकले मदिरा सेवन गरेको हुन सक्ने बताए । उनले भने, “घटनाको थप अनुसन्धान भइरहेको र यतिबेला शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाएका छौं।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad
















https://shorturl.fm/0rd3t