Above Article Ad
  • डोटीको श्रीकालिका माध्यमिक विद्यालयमा एसइई अध्ययनरत विद्यार्थीहरूलाई विदाई

    Above Article Content Ad
  • डोटी, चैत १८ — डोटीको सायल गाउँपालिका ५ डुमरीमा रहेको श्रीकालिका माध्यमिक विद्यालयको  एसइई (कक्षा १०) मा अध्ययनरत विद्यार्थीहरूलाई विदाई गरिएको छ।

    बिहीबार विद्यालयमै कक्षा ९ का विद्यार्थीहरूले एक कार्यक्रमको आयोजना गर्दै  एसइई (कक्षा १०) मा अध्ययनरत विद्यार्थीहरूलाई विदाई गरिएको विद्यालयले जनाएको छ।

    Article inline ad #1
  • सो कार्यक्रममा शिक्षक, विद्यार्थीहरूले गायन लगायतका विभिन्न प्रस्तुति गरी कार्यक्रमलाई आकर्षक बनाएको थियो।

    Article inline ad #2

    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर खड्काले एसइई परीक्षा जीवनको महत्वपूर्ण मोड भएको उल्लेख गर्दै सबै विद्यार्थीहरूलाई ढुक्कका साथ परीक्षा दिन आग्रहसँगै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभएको थियो।

    प्रधानाध्यापक खड्काले चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि परीक्षा केन्द्र सायल गाउँपालिका–५ स्थित ओम आधारभूत विद्यालयमा हुने जानकारी दिँदै  निकै अनुशासित ढङ्गबाट परीक्षामा सहभागी हुन विद्यार्थीहरूलाई सुझाव पनि दिनुभएको थियो।

    विद्यालयका शिक्षकहरू र कक्षा ९ का विद्यार्थीहरूले परीक्षाको तयारीमा जुट्न र परीक्षामा उत्कृष्ट अङ्क ल्याउन एसइईका विद्यार्थीहरूलाई शुभकामना ब्यक्त गरिएको थियो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6