Above Article Ad
  • नमुना वडा बनाउन वडाध्यक्षमा मेरो उम्मेदवारी हो : पौडेल

    Above Article Content Ad
  • पुनर्वास- नेकपा एमालेबाट पुनर्वास नगरपालिका-४ को वडाध्यक्षमा  खुशीराम पौडेलले उम्मेदवारी दिएका छन ।

    उम्मेदवार पौडेललाई तपाईको उम्मेदवारी के का लागि भन्ने प्रश्नमा नगरकै एक नमुना  वडा बनाउन र वडाबासीका समस्याहरुको समाधान गर्न वडाध्यक्षमा आफ्नो उम्मेदवारी रहेको जवाफ दिएका हुन ।

    Article inline ad #1
  • उनले आफू निर्वाचित भइसकेपछि आफ्नो कार्यकाल नसकिए सम्म वडावासीको सेवामा अहोरात्र खटिई वडामा व्यवस्थित विकास निर्माण गर्ने योजना सहितको उद्देश्य रहेको जानकारी दिए ।

    Article inline ad #2

      ” वडाको  समस्या र आवश्यकता बारे पुर्ण जानकार एउटा युवा नेतृत्वका लागि उम्मेदवारको रुपमा उभिएको छु ।” उनले भने,  “घोषणा ठुला गर्ने तर काम नगर्ने प्रवृत्तिलाई चुनौती दिँदै काम गरेर देखाउनलाई पनि मेरो उम्मेदवारी हो ।”

    उम्मेदवार पौडेलले वडाको समग्र विकासका लागि आम नागरिकको माग र आवश्यकतालाई प्राथमिकतामा राखेर समानुपातिक विकासमा जोड दिने प्रतिवद्धता समेत जाहेर गरेका छन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by