
बझाङका स्थानीय सरकारहरू न्यून गुणस्तरको मदिराको बिक्री रोक्न एकजुट
Above Article Content Ad
बझाङ : बझाङका स्थानीय सरकारहरू न्यून गुणस्तरको मदिराको बिक्री रोक्न एकजुट भएका छन्।
न्यून गुणस्तरको मदिराका कारण जनस्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै सर्वपक्षीय बैठकले उक्त प्रतिबन्ध लगाउने निर्णय गरेको हो। जिल्ला समन्वय समिति बझाङका प्रमुख नरबहादुर बोहराको अध्यक्षतामा बझाङका १२ वटै पालिकाका प्रमुख, उपप्रमुख, राजनैतिक दलका प्रतिनिधि, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, उद्योग वाणिज्य संघ, होटेल व्यवसायी संघलगायतको उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
जेठ १ गते पलास्टिकमा प्याकिङ भएको मदिरा जिल्लाभित्र ल्याउन रोक लगाइए पनि जिल्लामा मौज्दात रहेको पलास्टिकमा प्याकिङ मदिरा भने जेठ १० गतेसम्म सम्बन्धित व्यापारीले व्यवस्थापन गरिसक्नु पर्ने समयसीमा तोकिएको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले बताए।यस्तै सर्वपक्षीय बैठकले होटेल व्यवस्था तथा मदिराको बिक्री वितरण नियन्त्रण ऐन २०२३ र मदिरा ऐन २०३१ मा व्यवस्था भएअनुसार बिक्री गर्ने स्थान, समयको पनि अनुगमन गर्ने र सोविपरीत भएको पाइएमा कारबाही गर्ने निर्णय गरेको छ।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad