बझाङ : बझाङका स्थानीय सरकारहरू न्यून गुणस्तरको मदिराको बिक्री रोक्न एकजुट भएका छन्।
जेठ १ गते पलास्टिकमा प्याकिङ भएको मदिरा जिल्लाभित्र ल्याउन रोक लगाइए पनि जिल्लामा मौज्दात रहेको पलास्टिकमा प्याकिङ मदिरा भने जेठ १० गतेसम्म सम्बन्धित व्यापारीले व्यवस्थापन गरिसक्नु पर्ने समयसीमा तोकिएको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले बताए।यस्तै सर्वपक्षीय बैठकले होटेल व्यवस्था तथा मदिराको बिक्री वितरण नियन्त्रण ऐन २०२३ र मदिरा ऐन २०३१ मा व्यवस्था भएअनुसार बिक्री गर्ने स्थान, समयको पनि अनुगमन गर्ने र सोविपरीत भएको पाइएमा कारबाही गर्ने निर्णय गरेको छ।