
कञ्चनपुरको पुनर्वासमा विपद् पूर्वतयारी सम्बन्धि प्रतिकार्य तालिमसंगै कृत्रिम घटना अभ्यास सम्पन्न
पुनर्वास – कञ्चनपुरको पुनर्वास नगरपालिकामा विपद् पूर्वतयारी पूर्वानुमानमा आधारित ५ दिने सामुदायिक प्रतिकार्य तालिमसंगै पूर्वकार्यका लागि कृत्रिम घटना अभ्यास सम्पन्न भएको छ।
बुधबार नगरपालिकाको सभाहलमा विपद्को जोखिम न्यूनीकरण र पूर्वतयारीलाई सुदृढ बनाउने उद्देश्यले पुनर्वास नगरपालिकाको आयोजना तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA) र Mercy Corps नेपालको साझेदारी तथा द कोका-कोला फाउण्डेशनको आर्थिक सहयोगमा सञ्चालित 𝐒𝐀𝐀𝐍 परियोजनाद्वारा कृत्रिम घटना अभ्यास आयोजना गरिएको हो।
कार्यक्रममा नगर प्रमुख, नगर उप-प्रमुख, वडा अध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, विषयगत शाखाका प्रतिनिधि तथा सरोकारवाला निकायको सक्रिय सहभागिता रहेको थियो।
अभ्यासमा जल तथा मौसम विज्ञान विभाग (𝐃𝐇𝐌) द्वारा जारी हुने मनसुन आउटलुक, ३ दिने बुलेटिन, विशेष बुलेटिन, समुदायबाट प्राप्त हुने सूचना तथा 𝐍𝐃𝐑𝐑𝐌𝐀 को 𝐀𝐝𝐯𝐢𝐬𝐨𝐫𝐲 लगायतका १७ वटा परिदृष्यमा अभ्यास गरिएको थियो।
कार्यक्रममा 𝐃𝐃𝐌𝐂, 𝐃𝐄𝐎𝐂, 𝐋𝐃𝐌𝐂, 𝐋𝐄𝐎𝐂, 𝐖𝐃𝐌𝐂 र 𝐂𝐃𝐌𝐂 बीच सूचनाको आदान-प्रदान, पूर्वतयारी, समन्वय तथा विषयगत जिम्मेवारीहरूबारे विस्तृत पुनर्ताजगी गरिएको थियो। यस अभ्यासले विपद् व्यवस्थापनका क्षेत्रमा स्थानीय तह, संघ-संस्थाहरू, विषयगत सरोकारवाला निकाय र मानवीय सेवा प्रदायकहरूबीचको सहकार्य र समन्वयलाई थप सुदृढ र प्रभावकारी बनाउने विश्वास गरिएको छ।
SAAN परियोजनाका संयोजक देवराज बडुले पुनर्वास नगरपालिका सहित चार स्थानीय तहमा सञ्चालन गरिएको Tabletop Simulation Exercise (TTX) को मुख्य उद्देश्य पूर्वानुमानमा आधारित पूर्वकार्यका लागि स्थानीय तहको तयारी, समन्वय र प्रतिकार्य क्षमताको परीक्षण गर्नुपर्ने रहेको बताए।
यस अभ्यासले विपद् आउनुअघि स्थानीय सरकारले कस्तो तयारी गर्छ र नगरको सहायता संयन्त्र कत्तिको प्रभावकारी छ भन्ने मूल्याङ्कन गर्न सहयोग पुग्ने संयोजक बडुको भनाई छ ।
छ ।
















