
पुनर्वासमा मेयर पदका उम्मेदवार पुजाराको घोषणापत्र सार्वजनिक
गरिबलाई नुन देखि उत्कृष्टलाई छात्रवृत्ति र नगरमा नि:शुल्क स्वास्थ्य उपचार
पुनर्वास–बैशाख ३० गते हुन गईरहेको संघियपछिको दोस्रो स्थानिय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट नगर प्रमुख पदका लागि उम्मेदवारका रुपमा पदम पुजाराको उम्मेदवारी दर्ता भएको छ ।
उम्मेदवारी दर्तासँगै मेयर पदका उम्मेदवार रहेका पुजारा आफु निकटका नेता,कार्यकर्ता सहित प्रत्येक वडाहरुमा आफ्ना मतदाताहरुसँग भेटघाटसँगै मत माग्दै चुनावी प्रचार प्रसारमा लागेका छन् ।
उम्मेदवार पुजाराले नगरको विकासका लागि ठुला–ठुला गफ होईन काम गरेर देखाउँछु भन्दै आफ्ना एजेण्डाहरु जनता माझ सार्वजनिक गर्दै मतदाताको घरदैलोमा पुग्न सुरु गरेका हुन् ।
उनका एजेण्डाहरुमा
१) नगर विकासको गुरुयोजना बनाई दिगो विकास गर्ने , २). सामुदायिक विद्यालयमा आधारभुत तहको शिक्षा अङ्ग्रेजी माध्यमबाट पठनपाठन,
३). ५० शैयाको नगर अस्पताल, ज्येष्ठ नागरिक, अति विपन्न, अपांग व्यत्तिलाई निःशुल्क स्वास्थ्य बिमा ,
४). उत्कृष्ट किसानलाई प्रोत्साहन गर्न एक वडा एक जेटिए ,
५). उद्यम गर्न चाहने युवाका लागि बिना धिता ऋण र ब्याज अनुदान,
६).सिचाई सुविद्या विस्तार, एक वडा एक जेष्ठ नागरिक मिलन केन्द्र, बाल उद्यान र खेल मैदान,
७).उत्कृष्ट खेलाडीलाई मासिक भत्ता वितरण तथा गरिब परिवारलाई निःशुल्क नुन,
८).सबै वडा जोड्ने नगर चक्रपथ कालोपत्रे, गरी नगर बस सञ्चालन,
९). विपन्न र गरीब परिवारका उत्कृष्ट बिद्यार्थीलाई चिकित्सक र ईन्जिनियरिङ्ग अध्ययनका लागि छात्रवृत्ति,
१०). ज्येष्ठ नागरिकलाई तिर्थयात्रा,
११).अशक्त, अपांग र वृद्धवृद्धालाई घरमै सामाजिक सुरक्षा भत्ता प्रदान,
१२). मेयर÷उपमेयरलाई टोलटोल र घरघरमा ल्याएर सार्वजनिक सुनुवाई,
१३). बौद्धिक वर्ग, सामाजिक अगुवाहरुसँग महिनै पिच्छे परामर्श तथा अन्र्तक्रिया,
१४).कर्मचारीलाई कार्य सम्पादनका आधारमा सम्मान, प्रोत्साहन र दण्ड जस्ता कुराहरु उल्लेख छन् ।
उनले घोषणा पत्रमा लेखिएका बुदा कागजमै सिमित मात्रै नभई कार्यान्वयन पक्षमा लैजाने र आफुले पाउने सरकारी सेवा सुविधालाई नगरकै स्त्तरोन्नतीमा लगाउने प्रतिवद्धता व्यक्त गरे ।