
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार ४ सय ५२ यात्रुले लिए सेवा
Above Article Content Ad
काठमाडौ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार ४ सय ५२ यात्रुले सेवा लिएको विमानस्थल कार्यालयले जनाएको छ ।
कार्यालयका महानिर्देशक प्रतापबाबु तिवारीका अनुसार बिहीबार जजिरा एयरवेजबाट १ सय २ यात्रु भैरहवा आएका छन् भने सोही जहाजमा १ सय ४९ जना उडेका छन् ।
Article inline ad #1
त्यस्तै थाई एयर एसियाबाट १ सय २८ यात्रु उडेको उनले बताए । दुबईबाट आएको फ्लाइ दुबईबाट ४४ यात्रु भैरहवा अवतरण गरेका छन् भने २९ जना भैरहवाबाट उडेका छन् ।
Article inline ad #2
महानिर्देशक तिवारीले यो विमानस्थलमा पुनः उडानले गति लिन थालेको समेत बताए । यो विमानस्थलमा हिउँदमा भने धेरै उडान कटौती भएका थिए । प्रतिकूल मौसमले कम भिजिबिलिटी हुँदा उडान नियमित हुन नसकेका हुन् ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad