Above Article Ad
  • कैलालीको सीमावर्ती गौरीफन्टामा ९१ लाखको अवैध सामान बरामद

    Above Article Content Ad
  • धनगढी-भारत–नेपाल सीमा नाका गौरीफन्टामा भारतीय भन्सार अधिकारीहरूले करिब भारु ५७ लाख (९१ लाख नेपाली) बराबरको दाल, काली मिर्च, लत्ताकपडा तथा अन्य सामान बरामद गरेका छन्।

    बिहीबार गौरीफन्टा नाकामा नियमित चेकजाँचका क्रममा आरजे ११ जिसी २१०५ नम्बरको ट्रकबाट बिलबिजकबिनाका विभिन्न सामान बरामद गरिएको भारतीय भन्सारले जनाएको छ।

    Article inline ad #1
  • दिल्लीबाट धनगढी हुँदै काठमाडौंतर्फ आउँदै गरेको उक्त ट्रकमा १८ हजार किलोग्राम चनाको दाल लोड गरिएको थियो। जाँचका क्रममा दालभित्र लुकाइछिपाइ १९ क्विन्टल काली मिर्च राखिएको फेला परेको थियो।

    Article inline ad #2

    त्यसैगरी, ट्रकबाट १ हजार ६२० थान जिन्स सर्ट, ३८७ थान जिन्स प्यान्ट, २१६ थान ओरियन ब्रान्डका बाल मिक्सर तथा ९८० थान ओरियन ब्रान्डका बेबी बिब पनि बरामद गरिएको भारतीय भन्सार अधिकारीहरूले जानकारी दिएका छन्।

    बरामद गरिएका सबै सामानको अनुमानित मूल्य भारु ५७ लाख रहेको जनाइएको छ। घटनाबारे भारतीय भन्सार कार्यालयले थप अनुसन्धान अघि बढाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6