Above Article Ad
  • निसर्ग अस्पतालले दृष्टि फाउन्डेशनलाई पाँच लाख सहयोग

    Above Article Content Ad
  • धनगढी: सामाजिक उत्तरदायित्व अन्तर्गत निसर्ग हस्पिटल धनगढीले दृष्टि फाउन्डेशन नेपालको अक्षयकोष स्थापनार्थ ५ लाखको चेक हस्तान्तरण गरेको छ।

    उक्तचेक दृष्टि फाउन्डेशन नेपालको कार्यालय, धनगढी उपमहानगरपालिका–१३ मा एक कार्यक्रममा फाउन्डेशनकी अध्यक्ष कल्पना भट्टलाई हस्तान्तरण गरिएको हो।कार्यक्रममा निसर्ग हस्पिटलका अध्यक्ष तथा युवा समाज सेवी तिर्थराजपन्त, डा. हेमन्तओझा, डा. दीपक ठकुराठी, डा. प्रभात सापकोटा, डा. दीपकपौडेल लगायत अस्पतालका कर्मचारी, नर्सिङ स्टाफ तथा अन्यपदाधिकारीहरूको उपस्थिति रहेको थियो।

    Article inline ad #1
  • हस्पिटलका अध्यक्ष पन्तले संस्थाको स्थापना कालदेखि नै दृष्टि फाउन्डेशनमा आश्रय लिएर बस्दै आएका असहाय तथा विपन्न नागरिकहरूलाई निःशुल्क तथा भारी छुटमा उपचार सेवा दिँदै आएकोे बताए।कार्यक्रममा बोल्दै पन्तले भने, ‘निसर्ग हस्पिटलले सदैव असहाय, गरिब तथा समाजका पछाडि परेका वर्गहरूलाई प्राथमिकतामा राख्दै सेवा गर्दै आएको छ। हाम्रा सम्पूर्ण शेयर सदस्य, चिकित्सक, कर्मचारी, नर्सिङ स्टाफदेखि व्यवस्थापन तहसम्मका सबैले स्वेच्छिक रूपमा यो सहयोगमा सहभागीभएर एक सकारात्मक उदाहरण प्रस्तुत गरेका छन्।

    Article inline ad #2

    ’उक्त अवसरमा निसर्ग हस्पिटल र दृष्टि फाउन्डेशनबीच एक महत्वपूर्ण स्वास्थ्य सम्झौता समेत सम्पन्न भएको छ। जस अनुसार दृष्टि फाउन्डेशनमा बसोबास गर्ने सेवाग्राहीहरूले निःशुल्कउपचार सुविधा र अन्य सेवामा ३० प्रतिशतसम्म छुट पाउने छन्।पन्तले धनगढीमा रहेका आमाको माया छात्रावास, मानव सेवाआश्रम लगायतका संस्थाहरूसँग पनि हस्पिटलले विभिन्न समयमा सहयोग गर्दै आएको बताए। आगामी दिनहरूमा समेत सामाजिक संस्थाहरूसँग हातेमालो गर्दै सेवा विस्तार गरिने प्रतिबद्धता उनको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by