Above Article Ad
  • रास्वपा सभापति रवि पक्षका दुई वकिलको सकियो बहस

    Above Article Content Ad
  • काठमाडौं : स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ ।

    यसअघि सोमबार रविविरुद्ध सरकार र जाहेरवालाका तर्फबाट वकिलहरूले बहस गरेका थिए । आज (बुधबार) रविको पक्षमा वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त र रमण श्रेष्ठले बहस गरेका छन् ।

    Article inline ad #1
  • पन्त र श्रेष्ठ दुवै पूर्वमहान्यायाधिवक्ता हुन् । उनीहरूले रविलाई छाड्नुपर्ने तर्क पेश गर्दै इजलासमा बहस गरिरहेका छन् । अहिले खाजाका लागि समय छुट्टयाइएको छ भने सवा २ बजेबाट पुनः इजलास सुरु हुनेछ ।

    Article inline ad #2

    जिल्ला अदालत कास्कीको आदेशपछि धरौटीमा रिहा भएका लामिछाने गत आइतबार आफैं अदालतमा उपस्थित भएका थिए । उनीविरुद्ध काठमाडौंमा पनि परेको मुद्दामा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बहस भइरहेको छ ।

    रविविरुद्ध बहस गरेका वकिलहरूले उनलाई थुनामै राख्नुपर्ने माग गरेका छन् । प्रमाण नष्ट हुनसक्ने भन्दै रविलाई थुनामै राख्नुपर्ने उनीहरूको तर्क छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button