Above Article Ad
  • सत्ताधारी काँग्रेस र एमाले युवा विद्यार्थीविच झडपले कञ्चन बहुमुखी क्याम्पस गुलरियामा मत गणना रोकियो

    Above Article Content Ad
  • कञ्चनपुर
    सत्ताधारी नेपाली काँग्रेस निकट नेवि संघ र एमाले निकट अनेरास्ववियुविच झडपले कञ्चनपुरको गुलरियामा मतगणना केही बेर स्थगित भएको छ ।

    साँझ नेवि संघ र अनेरास्ववियुका युवा विद्यार्थीविच भएको एक आपसी वाद विवाद झडपमा परिणत भएपछि मतगणना बिचमै स्थगन भएको हो ।

    Article inline ad #1
  • नेकपा एमाले कृष्णपुरका अध्यक्ष कुबेर खडकाले काँग्रेस निकट युवा विद्यार्थीले मदिरा सेवन गरेर प्रहरीकै आडमा आफ्ना पाटी कार्यालय तोडफोडदेखि उम्मेवदबार राजेन्द्र खडकामाथि कुटपिट गरेको आरोप लगाएका छन ।

    Article inline ad #2

    नेपाली काँग्रेसका नेता लेखराज भट्टले एमालेभित्रको आन्तरिक गुटउपगुटको उपज नेवि संघमाथि थुपारेको आरोप लगाउँदै उनले १६मत गणना बाँकी रहदा उनीहरुले हार्ने भएपनि विवाद झिकेको बताए ।

    कञ्चन बहुमुखी क्याम्पसमा नेवि संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, समाजवादी निकट अनेरास्ववियुका उम्मेदवार चुनावी मैदानमा थिए । कुल ३सय ९४मतदाता मध्ये ३सय ३४ मत खसेका थिए । सत्ताको भागडोर सम्हालेका काँग्रेस, एमाले दलकै विद्यार्थी आफै झडपमा उत्रिएपछि अन्य विद्यार्थी संघ संगठन हैरान भएका छन ।

    आफै सत्तामा आफै झडप जस्ता गतिबिधीमा उत्रिएपनि सत्ता बाहिर रहेका दलका युवा विद्यार्थीलाई स्वयत्त सत्ताकै दलका युवा विद्यार्थी सरकारलाई सहयोग हो कि, सत्ताको घमण्डले ताण्डप मच्चाएर विद्यार्थीको अधिकार खोस्ने दुस्प्रयारमा लागेको भन्दै प्रशन गरिरहेका छन ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6