
अछामको जयगढका आगलागी पीडितलाई विभिन्न निकाय र व्यक्तिबाट सहयोग
धनगढी : अछामको जयगढ बजारमा आगलागी पीडितलाई विभिन्न निकाय र व्यक्तिबाट सहयोग जुट्न थालेको छ। अग्नि पीडितलाई प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल र व्यक्तिगत रूपमा समेत सहयोग जुट्न थालेको हो।
आगलागी पीडितका लागि पञ्चदेवल विनायक नगरपालिकाले एक लाख रुपियाँ सहयोग गर्ने भएको छ । यस्तै मङ्गलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहोराले एक महिनाको सेवा सुविधा प्रदान गर्ने घोषणा गर्नुभएको छ। धनगढीको माया मेट्रो अस्पतालले एक लाख ५१ हजार ५१ हजारको चेक दिएको छ। पत्रकार धनराज साउदले अरू पसल बचाउनका लागि आफ्नो घर भत्काउन सहयोग गर्नेलाई १० हजार सहयोग गर्ने घोषणा गरेका छन्।
बान्नीगढी जयगढ गाउँपालिकाले पीडितको तत्कालका लागि व्यवस्थापन भइसकेको दीर्घकालीन व्यवस्थापनका लागि सरकारी र अन्य क्षेत्रसँग समन्वय भइरहेको गाउँपालिकाले बताएको छ। गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउँदले सहयोग घोषण हुँदै आएको बताए। तर, प्रदेश सरकारबाट रकम हस्तान्तरण हुन बाँकी हरेको उनले बताएका छन।मङ्गलसेन नगरपालिकाको दमकल प्रयोग गरेर नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, स्थानीयले आगो नियन्त्रणमा लिएका थिए।
http://wish-club.ru/forums/index.php?autocom=gallery&req=si&img=5232