Above Article Ad
  • भारतबाट आउने गट्टुको भन्सार नगर्न कैलाली भन्सारलाई इट्टा ब्यवसायीहरुको आग्रह

    भन्सारले अन्य कोड मार्फत सामान पास गराईरहेको ब्यवसायीहरुको आरोप

    Above Article Content Ad
  • धनगढी – कैलाली कञ्चनपुरका इट्टा ब्यवसायीहरुले भारतबाट आउने मैली अर्थात गट्टुको भन्सार नगर्न कैलाली भन्सार कार्यालयलाई आग्रह गरेका छन् ।

    इट्टा ब्यबसायी तथा उद्योग बाणीज्य संघ कञ्चनपुरका पुर्ब अध्यक्ष लोक बिक्रम थापाले मैली अर्थात गट्टुले बाताबरणीय प्रदुषण बढाएको बताउनुभयो । उहाँले भन्सार कार्यालयले समेत यसमा बदमाशी गरीरहेको बताउनुभयो । भन्सार कार्यालयको बर्गीकरणमा दरबन्दी नै नभएको, सो सामानको कुनै कोड नै नभएकोले भन्सारले अन्य कोड मार्फत सामान पास गराईरहेको उहाँले आरोप लगाउनुभयो ।

    Article inline ad #1
  • सामान मैली अर्थात गट्टु ल्याएर हार्मोनियम कोड कोइला, बिग्रेट्स, बगासे पेलेट्स लगायतका राखेर भन्सार पास गराइरहेको र अहिले पुनः सो सामान आएकाले त्यसलाई रोक्न आफुहरुले भन्सार प्रमुख संग आग्रह गरेको बताउनुभयो । यस्तै जयकाली इट्टा उद्योग प्राली धनगढीका सञ्चालक मदनराज पनेरुले मैली अर्थात गट्टुको प्रयोग गरेर उत्पादन हुने इट्टा कमसल हुने बताउनुभयो ।

    Article inline ad #2

    त्यस्तै मैली अर्थात गट्टु भन्सार गर्न सरकारले कुनै कोड नै नदीएको भएपनी अन्य कोड मार्फत भन्सारले सेटीङ्ग गरेर छाड्ने गरेको उहाँले आरोप लगाउनुभयो । मैली अर्थात गट्टुको प्रयोगले कमसल इट्टा उत्पादन हुने र बाताबरण प्रदुषण समेत बढाउने भएकाले यसलाई पुर्णरुपमा बन्देज गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । यस्तै अनमोल इट्टा उद्योग बेतकोटका सञ्चालक तेज बहादुर चन्दले सरकारले इट्टा उद्योगहरुमा कोइलाको प्रयोग गर्न निर्देशन दिएको भएपनी कैलाली कञ्चनपुरमा अझैपनी मैली अर्थात गट्टु बाट नै उद्योग सञ्चालन भईरहेको बताउनुभयो ।

    भन्सार निर्देशिकामा उल्लेख नै नभएको सामानको आयात निर्यात गर्न नमिल्ने कानुनी ब्यवस्था हुदा हुदैपनी भन्सार बाट सहजै रुपमा मैली अर्थात गट्टु निकासा भैरहेको प्रती उहाँले ध्यानाकर्षण गराउनुभयो । यता कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत तथा सुचना अधिकारी पबित्र कुमार खडकाले इट्टा ब्यवसायीहरुले कुरै नवुझेको बताउनुभयो ।

    उहाँले मैली अर्थात गट्टुको परिक्षणका लागी विभागमा पठाएको र सो को यकिन जबाफ नआएकाले नयाँ दरबन्दी यकिन नहुनजेल सामानको निकासा नहुने जानकारी दिनुभयो । तर आफुहरुले सरकारले प्रतिबन्ध नलगाएको कुनैपनी सामान रोक्न नमिल्ने बताउनुभयो । चिनिमिल बाट निस्केको काम नलाग्ने बस्तु, माटो, केमीकल लगायतको समिश्रण बाट गट्टु बन्ने र यहाँका इट्टाभट्टाहरुमा प्रयोग भएको भन्दै उनिहरुले रोक लगाउन आग्रह गरेका हुन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button