Above Article Ad
  • बैतडीमा जारी अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिता अन्तरगत आजको खेल वर्षाका कारण रद्द

    Above Article Content Ad
  • बैतडी : बैतडीमा जारी मैनेजर तेजबहादुर चन्द स्मृति अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिता अन्तरगत आजको खेल कारण रद्द भएको छ। गोठलापानीस्थित जगन्नाथ बहुउद्देश्यीय खेलमैदानमा सञ्चालन भइरहेको दशरथचन्द नगरपालिका र पञ्चेश्वर गाउँपालिकाबीचको खेल वर्षाका कारण रद्द भएको हो।

    पञ्चेश्वरले २-१ को सेटमा अग्रता लिएको अवस्थामा पानी परेको थियो। पानी पर्ने क्रम नरोकिएपछि खेल रद्द गरिएको रेफ्री संयोजक हरिसिंह भण्डारीले जानकारी दिनुभयो।

    Article inline ad #1
  • यो खेल भोलि पुनस् सुरूदेखि खेलाइने भण्डारीले बताउनुभयो। यसअघि आजै भएको पहिलो खेलमा दोगडाकेदारलाई ३-० को सोझो सेटमा हराएर सुर्नया गाउँपालिकाले विजयी सुरूआत गरेको छ।

    Article inline ad #2

    मैनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा सुरू भएको प्रतियोगितामा डिलाशैनी गाउँपालिकाबाहेक जिल्लाका सबै पालिकाको सहभागीता रहेको छ। १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १ लाख २५ हजार, उपविजेताले ७५ हजार पुरस्कार पाउने ट्रष्टका सचिव विनोदबहादुर चन्दले जानकारी दिनुभयो।

    यस्तै तृतीय पुरस्कार ३५ हजार,सान्त्वना पुरस्कार १५ हजार र उत्कृष्ट खेलाडीलाई ५ हजार पुरस्कार दिइनेछ। यसअघि सम्पन्न प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको थियो।

    प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ। दशरथचन्द नगरपालिका ५ घर भएका तेजबहादुर चन्द वाणिज्य बैंकका क्षेत्रिय प्रबन्धक हुनुहुन्थ्यो।

    उहाँकै स्मृतिमा वि स २०७४ सालमा स्थापना भएको ट्रष्टले जिल्लामा विभिन्न सामाजिक कार्यका साथै खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि हरेक प्रत्येक वर्ष भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6