Above Article Ad
  • कपाल सधैं सुन्दर र चम्किलो बनाउन घरेलु उपाय

    Above Article Content Ad
  • एजेन्सी – कपाललाई चम्किलो र लामो तथा सुन्दर बनाउनका लागि तपाईं घरमै केही उपाय अपनाउन सक्नुहुन्छ । अथवा यहाँ बताइएका टिप्स र ट्रिक्सलाई अपनाउनुभयो भने तपाईंको कपाल सधैं सुन्दर र चम्किलो रहनेछ ।

    कपाल धुँदा कन्डिसनरको प्रयोग

    Article inline ad #1
  • कपालमा प्रयोग गर्नका लागि सबैभन्दा राम्रो सामग्री मध्ये पर्छ कन्डिसनर । यसलाई तपाई हरेक पटक कपाल धुँदा प्रयोग गर्नुपर्छ । यसले कपालमाथि एउटा तह वा पत्र निर्माण गर्छ जसले कपाललाई विभिन्न प्रदुषणबाट जोगाउँछ । कन्डिसनरले बिग्रिसकेको कपाललाई राम्रो त बनाउँदैन तर भविश्यमा हुने क्षतिबाट भने जोगाउँछ ।
    ठूला दाँत भएको काइंयो

    कपाल कोर्नका लागि जहिले पनि फराकिलो र ठूला दाँत भएको काइंयोको प्रयोग गर्नु फाइदाजनक हुन्छ । जसले गर्दा अल्झिएको कपाललाई सजिलोसँग कोर्न सकिन्छ र यसले कपाललाई टुक्रिन पनि दिँदैन ।

    Article inline ad #2

    कपाल कोर्ने तरिका

    कपाल जहिले पनि तलबाट कोर्दै जानुपर्छ । पहिला टुप्पातिरको अल्झिएको कपाल कोर्ने त्यसपछि थोरै थोरै गर्दै माथिबाट तलतिर कोर्ने गर्दा कपाल धेरै अल्झिदैन । टाउकोबाटै कपाल कोर्न सुरु गर्दा अल्झिएको कपाल झनै अल्झिन्छ ।

    माइल्ड स्याम्पुको प्रयोग

    धेरै क्यामिकल प्रयोग भएको स्याम्पु प्रयोग गर्नु कपालका लागि एकदमै हानिकारक हुन्छ । यसले कपाललाई तुरुन्तै राम्रो देखिए पनि रुखो बनाउने र टाउकोमा चायाँको समस्या तथा सुख्खा हुने समस्या देखिन्छ । त्यसैले स्याम्पु एकदमै माइल्ड खालको प्रयोग गर्नुपर्छ । जसमा हानिकारक तत्वको प्रयोग नगरिएको होस् ।

    मेशिनहरुको प्रयोग

    अहिलेको समयमा धेरै जसो युवायुवतीको कपाल बिग्रने भनेको मेशिनरी सामग्रीको प्रयोगले हो । किनकी कपाल सुकाउनदेखि लिएर त्यसलाई विभिन्न स्टाइलको बनाउनका लागि विद्युतीय सामग्रीको प्रयोग गर्ने गर्दछन् ।

    जसले गर्दा कपाल टुक्रने, झर्ने, सुख्खा हुने जस्ता समस्या देखिन्छन् । त्यसैले कपाललाई यस्ता मेशिनबाट सकेसम्म जोगाउनुपर्छ । कपाललाई सकेसम्म सुतीको तौलियाले पुछ्ने र प्राकृतिक रुपमै सुक्न दिनुपर्छ ।

    चिसो कपालसँग बाहिर निस्कनु

    कपाललाई कमजोर बनाउने एउटा मुख्य कारणमा पर्दछ चिसो कपालसँग बाहिर निस्कनु । चिसो कपाल बनाएर निस्कँदा बाहिरको प्रदुषण, धुलो धुँवा कपालमा एकदमै छिटो टाँसिन्छ । जसले गर्दा कपाल छिटै फोहोर भई विभिन्न समस्या देखिन थाल्छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by