कृषि विकास बैंकद्वारा गौरीशंकर बिधालयमा साईकल स्टेण्ड निर्माण
पुनर्वास– कृषि विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) वार्षिक कार्यक्रम अन्तर्गत बिधालयमा साईकल स्टेण्ड निर्माण गरेको छ ।
मंगलबार एक कार्यक्रमका बीच कञ्चनपुरको पुनर्वास नगरपालिका–५ स्थित गौरी शंकर माध्यमिक बिधालयमा निर्माण भएको साईकल स्टेण्ड बैंकका सुदुरपश्चिम प्रदेश निर्देशक अर्जुन प्रसाद ढुंगानाको उपस्थितीमा हस्तान्तरण गरेको हो ।
बैंकको डेढ लाख लागतमा निर्माण भएको सो साईकल स्टेण्ड विधालयका पूर्व बिधार्थी तथा बैंकको प्रदेश कार्यालयका वरिष्ठ शाखा अधिकृत नारद बोगटीको विशेष पहलले निर्माण भएको प्रधानाध्यापक लोकबहादुर थापाले जानकारी दिए ।
प्रधानाध्यापक थापाले आफ्नो बिधालयलाई बैंकले देखाएको सहयोग प्रति धन्यवाद दिँदै आगामी वर्षमा पनि बैंकका यस्ता थप कार्यक्रम ल्याईदिनुहुनेछ भन्ने अपेक्षा राखेको बताए ।
कार्यक्रममा बैंकका बेलौरी शाखाका प्रबन्धक दिपक कुवँर,व्यवसायिक अधिकृत अर्चना खतिवडा, पुनर्वास–५ का वडा सदस्य टेकबहादुर बोहरा,बि.व्य.स. सदस्य सीता तिवारी, शिक्षक अभिभावक संघका संयोजक शेरबहादुर पुजारा लगायत शिक्षकहरु सहभागी थिए ।