Above Article Ad
  • खप्तड र बडीमालिकामा माघ ११ गतेबाट हेलिटुर सुरु

    Above Article Content Ad
  • धनगढीः खप्तड र बडीमालिकामा हेलिटुर सुरु भएको छ। माघ ११ गतेबाट हेलिटुर सुरू भएको पर्यटन व्यवसायी दिपकबहादुर खड्काले बताए। उनले शुक्रवारदेखि सुरु हुने हेलिटुरमा दुई सय पर्यटकले भ्रमण गर्ने लक्ष्य राखिएको बताए।

    सुदूरपश्चिम प्रदेशमा हेलिटुरबाट खप्तड र बडीमालिकाको अवलोकन गराउन थालेको यो चौथो पटक हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेयले हेलिटुर महोत्सवको उद्घाटन गरेका हुन्।

    Article inline ad #1
  • खप्तड होमस्टे झिग्राना र खप्तड एड्भन्चर टुर्सको व्यवस्थापन र सातौं साँफेवगर महोत्सव २०८१ को अवसरमा लायन्स क्लव अफ साँफेवगरको आयोनामा फागुन ११ देखि पर्यटकहरूको माग अनुसार हेलिटुर सञ्चालन हुने खड्काले बताए।

    Article inline ad #2

    खप्तड होमस्टे झिग्राना र खप्तड एड्भन्चर टुर्सका प्रबन्ध निर्देशक दीपकबहादुर खड्काका अनुसार विगतका वर्षहरू जस्तै यस वर्ष पनि हिउँदे सिजनमा पर्यटक भित्र्याउन हेलिटुर सुरु गरिएको बताए। हिमपात भएको समयमा पर्यटकको आवागमन शून्य जस्तै हुने भएकाले खप्तड बडीमालिका क्षेत्रमा पर्यटकको चहलपहल बढाउन हेलिटुर सुरु गरिएको खड्काले बताए।

    साँफेबगर महोत्सवको अवसर हेलीटुर हुन लागेको महोत्सव आयोजक समितिका संयोजक कृष्ण कुँवरले बताए। अछाम र बाजुरा जिल्लामा अवस्थित धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरू बडीमालिका, खप्तड, रामारोशन र वैद्यनाथ क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गरी पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न हेलीटुर सञ्चालन गर्ने निर्णय भएको कुँवरले बताए। उनका अनुसार महोत्सव अवधिमा साँफेबगरदेखि खप्तड, बडीमालिका र रामारोशन क्षेत्रमा हेलिकोप्टरबाट दर्शन तथा अवलोकन गर्न सकिने छ।

    साँफेबगरबाट खप्तड प्रतिव्यक्ति २२ हजार र बडीमालिका र रामारोशनमा प्रतिव्यक्ति २५ हजार रुपैयाँ तिरेर दर्शन तथा अवलोकन गर्न सकिने निर्णय भएको महोत्सव आयोजक समितिका प्रवक्ता महेश कुँवरले बताए।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by