Above Article Ad
  • सगरमाथा संवादका पाहुनाले माउन्टेन फ्लाइटबाटै गरे हिमाल अवलोकन

    Above Article Content Ad
  • काठमाडौं – नेपाली विज्ञहरूको टोलीले माउन्टेन फ्लाइटमार्फत सगरमाथा सहितका हिमालको अवलोकन गरेका छन् ।

    आइतबार बिहान २४ जना विदेशी सहितको टोलीले माउन्टेन फ्लाइटमार्फत सगरमाथासहित ल्होत्से, चोयु, शिसापाङ्मा, अमादब्लम, गौरीशंकर, मकालु, लाङटाङ लगायत हिमालहरूको अवलोकन गरेका हुन् ।वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको नेतृत्वमा भएको उक्त माउन्टेन फ्लाइटको उद्देश्य नेपालमा जलावायु परिवर्तनले देखिएको असरबारे विदेशी पाहुनालाई प्रत्यक्ष अवलोकन गराउनु रहेको बताइएको छ ।सगरमाथा संवादका लागि आएका पाहुनालाई माउन्टेन फ्लाइटमार्फत हिमालहरूको अवलोकन गराइएको हो ।

    Article inline ad #1
  • यसका लागि परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डले समन्वय गरेका थिए । करिब एक घण्टाको ‘माउन्टेन फ्लाइट’मा सहभागीले नीलो आकाशमुनि चाँदीका घेराझैँ टल्किने मनमोहक हिमशृंखलाको दृश्यावलोकन गरेका थिए ।

    साहसिक गन्तव्यको प्रवर्द्धन गर्ने उद्देश्यले विदेशी पाहुनालाई ‘माउन्टेन फ्लाइट’ गराइएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिए ।‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयक पहिलोपटक आयोजित अन्तर्राष्ट्रियस्तरको ‘सगरमाथा संवाद’मा स्वदेशी र विदेशी गरी तीन सय ५० जनाभन्दा बढी विशिष्ट व्यक्तिको सहभागिता छ ।

    Article inline ad #2

    वनमन्त्री शाहीले नेपालका हिमालहरूमा जलवायु परिवर्तनको प्रत्यक्ष असर परेको प्रतिक्रिया दिए ।‘पहिले जता हेर्‍यो त्यतै सेता हिमाल देखिन्थे। तर अहिले काला पहाडहरू देखिन थालेका छन् । पहिले सेतै देखिने हिमालहरू अहिले काला पहाड बनेका छन्,’ उनले भनेछन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6