Above Article Ad
  • भाइलाई कुटपिट गरेको आरोपमा दिदी–भिनाजु पक्राउ

    Above Article Content Ad
  • धनगढी-कञ्चनपुरमा भाइलाई कुटपिट गरेको आरोपमा दिदी–भिनाजुलाई प्रहरीले पक्राउ गरेको छ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार वेदकोट नगरपालिका–७ गाउजीका ४९ वर्षीय गोपाल गिरीलाई कुटपिट गरेको आरोपमा उनकी दिदी पार्वती नाथ र भिनाजु वलदेव नाथ पक्राउ परेका हुन्।

    Article inline ad #1
  • प्रहरीका अनुसार मंगलबार राति भएको घटनामा गिरीमाथि लाठी प्रहार गरी कुटपिट गरिएको थियो। कुटपिटबाट घाइते गिरीलाई तत्काल उपचारका लागि महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि धनगढी ल्याइएकोमा हाल उनको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    Article inline ad #2

    गिरीको पिठ्युँमा चोट लागेको बताइएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा घटना जग्गासम्बन्धी घरायसी विवादका कारण भएको खुलेको प्रहरीले जनाएको छ।

    पक्राउ परेका दिदी–भिनाजुलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिएका छन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6