Above Article Ad
  • लालझाडीमा ७४८ जनाको निःशुल्क क्षयरोग परीक्षण

    Above Article Content Ad
  • कञ्चनपुर- कञ्चनपुरको लालझाडी गाउँपालिकामा एआइ (कृत्रिम बुद्धिमत्ता) प्रविधिमा आधारित एक्स–रेमार्फत सञ्चालन गरिएको निःशुल्क क्षयरोग (टिबी) परीक्षण शिविरबाट ७४८ जनाको क्षयरोग परीक्षण गरिएको छ।

    लालझाडी आधारभूत अस्पताल नन्दगाउँ, आधारभूत स्वास्थ्य सेवा केन्द्र सिकलपट्टी, बाइसेबिचवा स्वास्थ्यचौकी र देखभुली स्वास्थ्यचौकीमा गरी चार ठाउमा सञ्चालन गरिएको शिविरबाट सेवाग्राहीले एक्स–रे सहितको स्वास्थ्य सेवा प्राप्त गरेका छन्। गाउँपालिको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत दशरथ रानाका अनुसार शिविरमा सहभागीमध्ये तीन जनामा पिसिडी (पल्मोनरी टिबी) क्षयरोग पुष्टि भएको छ।

    Article inline ad #1
  • यस्तै, ११५ शङ्कास्पद बिरामीमध्ये २३ जनालाई थप परीक्षणका लागि ‘जिन एक्सपर्ट’का लागि अस्पतालमा प्रेषण गरिएको छ। यस्तो प्रविधिमैत्री शिविरले दुर्गम क्षेत्रमा रहेका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेको अधिकृत रानाले बताए।

    Article inline ad #2

    एआइ आधारित एक्स–रे प्रणालीले छिटो र प्रभावकारी रूपमा प्रारम्भिक परीक्षण गर्न सक्ने भएकाले रोग पहिचानमा ढिलाइ नहुने र उपचार समयमै सुरु गर्न सकिने उनको भनाइ छ। ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच कमजोर हुँदा धेरै बिरामी समयमै परीक्षण तथा उपचारबाट वञ्चित हुने गरेका छन्।

    देखतभुली स्वास्थ्यचौकीका प्रमुख लीलाकान्त झाले भने, “यस्तो अवस्थामा शिविरमार्फत घर नजिकै परीक्षण सेवा उपलब्ध हुँदा नागरिकको पहुँच बढ्नुका साथै रोग नियन्त्रणमा सहयोग पुगेको छ।”

    शिविरले क्षयरोगको प्रारम्भिक पहिचान, सङ्क्रमण नियन्त्रण तथा समुदायमा जनचेतना अभिवृद्धि गर्न मद्दत पुगेको गाउँपालिकाका अध्यक्ष निर्मल रानाले बताए। समयमै रोग पहिचान हुँदा बिरामीलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउन सकिने र सङ्क्रमण फैलिनबाट रोक्न सकिने भएकाले यस्ता कार्यक्रमको महत्व अझ बढेको उहाँले उल्लेख गरे।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6