Above Article Ad
  • पुनर्वास क्षेत्रमा आलु खेती र भैंसी पालन तर्फ जोड दिन्छौं : मन्त्री थापा

    Above Article Content Ad
  • पुनर्वास– सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले आगामी आर्थिक वर्षमा पुनर्वास क्षेत्रमा आलु र भैंसी पालनलाई विशेष जोड दिने गरी बजेट तयार भएको बताउनुभयो।

    बिहीबार सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको  आर्थिक सहयोग तथा पुनर्वास टाइम्स दैनिक पत्रिकाको आयोजनामा आयोजित एक दिने कृषक अभिमुखीकरण कार्यक्रम  सो कुरा बताउनुभएको हो।

    Article inline ad #1
  • मन्त्री थापाले पुनर्वास कृषिका लागि उर्वर भूमि भएको र बाह्रै महिना हरियालि राख्ने  उत्पादनमा यस वर्ष जोड रहने जानकारी दिनुभयो।

    Article inline ad #2

    “आलु खेती र भैँसी पालनमा प्राथमिकता दिन्छौ । यसले स्वरोजगार पनि सिर्जना गराउँछ ।   कृषि र भेटरेनरी पढेका पुनर्वासकै विद्यार्थीहरूलाई स्थानीय स्तरमै  रोजगारीको अवसर हुनेछ ।”मन्त्री थापाले भन्नुभयो,

    पुनर्वास  टाइम्स दैनिक पत्रिका प्रकाशक लालबहादुर एसके सभापतित्व तथा सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापा प्रमुख अतिथिमा हुनुहुन्थ्यो।

    त्यस्तै, पुनर्वास नगरपालिकाकि उपप्रमुख भुलिया कुमारी राना विशिष्ट अतिथिमा रहनुभएको कार्यक्रमको अतिथिहरूमा पुनर्वास नगरपालिकाका वडा नं २ का अध्यक्ष डम्बरबहादुर थापा, पुनर्वास वडा नम्बर ५ का अध्यक्ष पदमबहादुर रोकाया, पुनर्वास वडा नम्बर ७ का अध्यक्ष मूलचन्द राना, कृषिमन्त्रीका निजी सचिवालयका अधिकृत  शंकर बोगटी, कृषि विकास शाखाकी कृषि प्राविधिक ललिता चौधरी लगायतको उपस्थिति रहेको थियो।

    कार्यक्रम पुनर्वास नगरपालिका ६ स्थित शर्मा पार्टी प्लेसको हलमा सम्पन्न भएको थियो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by