Above Article Ad
  • पुनर्वासमा प्रहरीद्वारा ६१ हजार बढीको अवैध सामग्री बरामद

    Above Article Content Ad
  • पुनर्वास  -कञ्चनपुरको पुनर्वास स्थित नेपाल-भारत सीमा क्षेत्रबाट प्रहरीले भन्सार छली ल्याइएका ६१ हजार रुपैयाँ बढीको अवैध सामग्री बरामद गरेको छ । गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा लुकाएर राखिएका खाद्य तथा सुर्तीजन्य वस्तुहरु नियन्त्रणमा लिएको छ ।

    पुनर्वास- ४ स्थित गोविन्द गौतम चोक नजिकैको बाट प्रहरीले उक्त सामाग्री नियन्त्रणमा लिएको हो । स्थानीय कमला रेग्मीको बारीमा भारतबाट अवैध रुपमा भन्सार छली ल्याई लुकाइ छिपाइ राखिएको भन्ने सूचना प्रहरीलाई प्राप्त भएको थियो ।

    Article inline ad #1
  • सोही सूचनाको आधारमा इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्की र अस्थायी प्रहरी पोष्ट आइबिआरडीबाट प्रहरी सहायक निरीक्षक बिरेन्द्र बहादुर खडायतको कमाण्डमा खटिएको संयुक्त गस्ती टोलीले उक्त स्थानमा खानतलासी गरेको थियो ।

    Article inline ad #2

    प्रहरीले सो स्थानबाट विभिन्न प्रकारका दाल, भुजिया, बदाम, चिप्स, सुपारी, सुर्ती, बिडी, बिस्कुट, चकलेट र गुट्खा लगायतका किराना सामग्रीहरु बरामद गरेको छ । बरामद गरिएका सामग्रीहरुमा मुंग दाल, आलु भुजिया, पञ्जाबी तड्का, पारले जी बिस्कुट, सुपर पावर र त्रिशुल सुर्ती लगायतका दर्जनौं प्रकारका भारतीय उत्पादनहरु रहेका छन् । ती सम्पूर्ण वेवारिसे सामानहरुको कुल अनुमानित बजार मूल्य ६१ हजार ८ सय ३५ रुपैयाँ कायम गरिएको छ ।

    बरामद गरिएका सम्पूर्ण सामग्रीहरुलाई हाल इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको नियन्त्रणमा राखिएको छ। आवश्यक कानुनी कारबाही तथा राजस्व असुलीका लागि ती अवैध सामानहरुलाई भन्सार कार्यालयमा बुझाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6