Above Article Ad
  • बैतडी जिप दुर्घटनका तीनै मृतकको परिचय खुलासा

    Above Article Content Ad
  • बैतडी- बैतडीमा जिप दुर्घटना परी मृत्यु भएका तीन जनाको सनाखत भएको छ। आज बिहान भएको जिप दुर्घटनामा परी सिगास गाउँपालिका –१ का २४ निशान्त बोहरा, सोही ठाउँका २९ बर्षीय भानदेव भट्ट र डडेल्धुराको आलिताल गाउँपालिका –३ का १३ बर्षीय राकेश रावलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।

    बैतडीको सुर्नया गाउँपालिका–६ मोतीनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेर जिप सोमबार बिहान साढे १० बजेतिर जयपृथ्वीराजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ साँडीघाटी नजिक दुर्घटनामा परेको हो।

    Article inline ad #1
  • जिप आँफै अनियन्त्रित भएर सडकबाट करीब ३ सय मिटर तल खसेको प्रहरी निरीक्षक सिंहले बताए। जिपमा सवार अन्य सबै घाइते रहेका र घाइतेहरुको संख्या पनि एकीन हुन बाँकी रहेको बताइएको छ। घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • प्रतिक्रियाहरु

    1. Alright, downloading 777bdapp now. Hopefully, it’s not another snooze-fest app. Looking for those big win vibes. App’s giving me lucky numbers already! See if you can catch your luck: 777bdapp

    2. Checked out w19 recently. Simple and straightforward, which I appreciate. Not a ton of bells and whistles, but gets the job done. Take a look here w19

    Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6