Above Article Ad
  • कञ्चनपुरको लालझाडी दाम्पती हत्या ः घटनामा संलग्न एक आरोपी पक्राउ

    Above Article Content Ad
  • लालझाडी । कात्र्तिक ८ गते राती कञ्चनपुरमा लालझाडीमा भएको दम्पती हत्या प्रकरणमा संलग्न भएको आरोपमा एकजना पक्राउ परेका छन् ।
    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले लालझाडी गाउँपालिका–१ बिनावारीका ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमलाको हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरिएको जानकारी दिएका हुन् ।

    डेढ महिना अघि आफ्नै घरको बरण्डामा बिभत्स हत्या गरिएको अवस्थामा बिहान फेला परेका बडायक दम्पतीको हत्यामा संलग्न आरोपमा लालझाडी गाउँपालिका वडा नम्बर २ का एक पुरुषलाई पक्राउ गरिएको हो ।

    Article inline ad #1
  • ‘एक जनालाई पक्राउ गरेर ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षकको टोलीले जिल्ला प्रहरी कार्यालयमा ल्याइरहेको छ,’ डीएसपी जोशीले भने । घटनाको विस्तृत विषय भने सोधपुछपछि जानकारी दिन्छौं ।

    Article inline ad #2

    घटनापछि हत्यारा पत्ता लगाउन ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती,कञ्चनपुर प्रहरी, प्रदेश प्रहरी र सिआईबी टोली समेत परिचालन भएका थिए ।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by