Above Article Ad
  • एक खुट्टाले नाचेर प्रसिद्धि कमाएकी नृत्यांगना सुवेदीको निधन

    Above Article Content Ad
  • काठमाडौं -चर्चित नृत्यांगना सीता सुवेदीको ४० वर्षको उमेरमा मंगलबार बिहान निधन भएको छ । ३ महिनादेखि फोक्सोको क्यान्सरले पीडित उनको निधन बिहान साढे ६ बजे त्रिवि शिक्षण अस्पतालमा भएको परिवारले जनाएको छ ।

    उनी १ महिनादेखि अस्पतालको भेन्टिलेटरमा थिइन् । चितवन घर भएकी सुवेदीको दाहसंस्कार मंगलबार गरिने भएको छ ।

    Article inline ad #1
  • उनले एक खुट्टाले नाचेर पहिचान बनाएकी थिइन् । उनी क्लासिक नेपाल फाउन्डेसनकी संस्थापक, मिस इन्टरनेसनल २०२३, प्रेरक वक्ता, गायिका, इन्टरमिडिएट–लेभल कत्थक नृत्यमा स्वर्ण पदक विजेता थिइन् ।

    Article inline ad #2

    उनले १०० भन्दा धेरै स्टेजमा प्रस्तुति दिएकी थिइन् । साथै, अन्तर्राष्ट्रियस्तरमा हुने इभेन्टमा पनि मुलुकको प्रतिनिधित्व गरेकी थिइन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by