Above Article Ad
  • नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा दानबहादुर कार्की नियुक्त

    Above Article Content Ad
  • काठमाडौँ —मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा दानबहादुर कार्कीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

    कार्कीले कात्तिक २७ गतेदेखि महानिरीक्षकको कार्यभार सम्हाल्नेछन् । २०५४ चैतमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका कार्की ३० वर्षे सेवा अवधि कायम रहे २०८४ चैतसम्म प्रहरी महानिरीक्षकमा रहनेछन् । कार्की हाल उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा प्रमुख थिए । २४ भदौमाा उनले उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी पाएका थिए ।

    Article inline ad #1
  • ३० वर्षे सेवा अवधिकै कारण हालका प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ अवकाशमा जान लागेका छन् । नवनियुक्त महानिरीक्षक कार्की २०८२ वैशाख १५ मा डीआईजीबाट एआईजीमा बढुवा भएका थिए । त्यसको ६ महिनापछि उनी प्रहरी महानिरीक्षकमा बढुवा भएका हुन् ।

    Article inline ad #2

    महानिरीक्षकमा कार्कीसहित एआईजीहरू राजन अधिकारी, मनोज केसी र सिद्धिविक्रम शाह प्रतिस्पर्धामा थिए । उनीहरूमध्ये कार्की, अधिकारी र केसी चैत २०५४ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका अधिकृत हुन् । शाह चाहिँ राष्ट्रिय अनुसन्धान विभागबाट स्थान्तरण भएर नेपाल प्रहरीमा आएका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by