Above Article Ad
  • पुनर्वासका सामाजिक मेलमिलाप कर्ता आन्दोलित

    Above Article Content Ad
  • पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिका सामाजिक मेलमिलाप कर्ता आन्दोलित भएका छन् ।

    पुरानो समिति हुँदा हुँदै आफुहरुलाई जानकारी नै नगराई नयाँ समिति बनाएको प्रति मेलमिलाप कर्ताले विरोध जनाएका हुन् ।

    Article inline ad #1
  • नगर स्तरिय मेलमिलाप समिति पुनर्वासका संयोजक श्याम परियारका अनुसार नगर उपप्रमुख तथा न्यायीक समिति संयोजक भुलिया कुमारी रानाले पुरानो समितिलाई ओझेलमा पारि नयाँ समिति बनाएको प्रति आफुहरु रुष्ट रहेकोले सो निर्णय तत्काल सच्याउनुपर्ने माग गरेका हुन् ।

    Article inline ad #2

    उपप्रमुखले आफुखुसी आफ्ना पार्टीका व्यक्तिहरुलाई मात्रै समावेश गरेको समेत मेलमिलाप समितिका सदस्यहरुले आरोप लगाएका छन । उनिहरुले उक्त निर्णय नसच्याए कडा विरोध गर्ने समेत चेतावनी दिएका छन् ।

    यता नगर उपप्रमुख रानाले नगरका सबै वडामा उक्त मेलमिलाप समितिको अवस्थाबारे बुझ्न वडा कार्यालयमा पत्राचार गरिसकिएको र वडा नम्बर ६ का अध्यक्ष मित्र सिंह लामाले मात्रै पत्रको जवाफ पठाएको तथा अन्य कुनै वडाले पनि पत्र जानकारी नदिएपछि नयाँ समिति बनाउनुपर्ने अवस्था आएको बताइन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6