Above Article Ad
  • कञ्चन पब्लिक स्कुलले आयोजना गरेको सातौँ अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगिताको उपाधि पपुलर बोर्डिङ स्कुललाई

    Above Article Content Ad
  • पुनर्वास  ः कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ मा रहेको कञ्चन पब्लिक स्कुलले आयोजना गरेको सातौँ अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगिताको उपाधि पपुलर बोर्डिङ स्कुलले जितेको छ ।

    सरस्वती पूजा तथा वसन्त पञ्चमीको अवसरमा आयोजित अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगितामामा पपुलर बोर्डिङ स्कुल प्रथम भएको हो । यस्तै प्रतियोगितामामा पुनर्वास ५ मा रहेको गौरी शङ्कर माध्यामीक विद्यालय द्वितीय भएको छ । भने तृतीय आयोजक कञ्चन पब्लिक स्कुल भएको छ ।

    Article inline ad #1
  • प्रतियोगितामा प्रथम पपुलर बोर्डिङ स्कुलले नगद १२ हजार २ सय ५० नगद संगै प्रमाणपत्र तथा ट्रफी समेत हात पारेको छ । द्वितीय र तृतीयलाई क्रमशः ६ हजार २ सय ५० र ३ हजार २ सय ५० नगद सहित ट्रफी प्रमाण पत्र समेत प्रदान गरिएको आयोजक कञ्चन पब्लिक स्कुलका प्रिन्सीपल सुरेश अधिकारीले जानकारी दिनुभयो ।

    Article inline ad #2

    प्रतियोगितामामा पुनर्वास नगरपालिकाका १५ र बेलौरी बाट १ गरी १६ संस्थागत तथा निजी विद्यालयको सहभागिता रहेको उहाँले बताउनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथीको आसनबाट निबर्तमान नगर प्रमुख जीवनराज थापाले पालीकामा विद्यार्थीहरुले प्रतिभा देखाउने किसीमको कार्यक्रम नहुने भएकाले उनिहरुको क्षमता प्रस्फुटन हुन नसककेको बताउनुभयो । पुनर्वास आफैमा खेलकुदको हब बनेपनी नृत्य, गायन, कलाकारीतामा अघि आउन नसकेको उहाँले बताउनुभयो ।

    कञ्चन पब्लिक स्कुलको आयोजनामा भएको नृत्य प्रतियोगीताले बिद्यार्थीको हौसला संगै फरक लयमा कार्यक्रमहरु आयोजना हुदा बिद्यालयहरुमा पनी नुत्य गायन कलाकारीता सिक्न सिकाउन आवश्यक रहेको बुझीएको बताउनुभयो । प्रतियोगीताको निर्णायकमा नाट्यस्वरी कला केन्द्रका प्रमुख त्रिबेन्द्र कर्ण, वान वे डान्स एकडेमी अत्तरीयाका प्रमुख नरेस बिक र द फंकी डान्स एण्ड जुम्बा स्टुडीयोका प्रमुख सन्तोष अबस्थी रहनु भएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button