Above Article Ad
  • आज विपिन जोशीको अन्तिम विदाइ

    Above Article Content Ad
  • कञ्चनपुर – हमासको नियन्त्रणमा रहेकै अवस्थामा मारिएका नेपाली विद्यार्थी कञ्चनपुरका विपिन जोशीको आज अन्त्येष्टी गरिदैछ ।

    आज बिहान ८ बजे महेन्द्रनगरस्थित घरबाट शवयात्रा सुरु गरी महाकाली आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो ।

    Article inline ad #1
  • दाहसंस्कारमा नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बास समेत सहभागी हुने बताइएको छ ।

    Article inline ad #2

    विपिनको शव सोमबार राति सवा आठ बजे कञ्चनपुरको महेन्द्रनगरस्थित घरमा पुर्‍याइएको हो । सोमबार दिउँसो फ्लाई दुबईको उडानमार्फत विपिनको शव काठमाडौँ ल्याइएको थियो । विपिनको शवलाई प्रधानमन्त्री सुशीला कार्की तथा मन्त्रीहरूसहित सरकारका उच्च अधिकारीहरूले विमानस्थलमा पुगेर श्रद्धाञ्जली दिनु भएको थियो ।

    विपिनको शवलाई सोमबार अपराह्न नेपाली सेनाको स्काई ट्रकमार्फत धनगढी पठाई धनगढीबाट शव वाहनमार्फत कञ्चनपुरको महेन्द्रनगरस्थित घरसम्म पुर्‍याइएको हो । धनगढी विमानस्थलमै नेपाली सेनाले औपचारिक रूपमा परिवारका सदस्यलाई शव हस्तान्तरण गरेको थियो ।

    हमासले ७ अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गर्दा विपिनलाई बन्धक बनाइ लगिएको थियो । दुई वर्षसम्म विपिनको स्थिति अज्ञात रहेकोमा गत असोज २७ गते विपिनको मृत्यु भएको पुष्टि गरिएको थियो । हमासले इजरायलमा आक्रमण गर्दा पहिलो दिनमा मात्रै १० नेपाली विद्यार्थीसहित करिब १ हजार २ सयको मृत्यु भएको थियो । विपिनसहित २ सय ५१ जनालाई हमासले नियन्त्रणमा लिई बन्धक बनाएको थियो ।

    अमेरिकाको सहजीकरणमा युद्ध विराम भएपछि विपिन सकुशल छुट्ने अपेक्षा गरिएको थियो । तर, जोशीको मृत्यु भइसकेको जानकारी हमासले दिएको भन्दै इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले नेपाल सरकार, जोशीको परिवार र इजरायलस्थित नेपाली दूतावासलाई जानकारी गराएको थियो ।

    गत सोमबार हमासले विपिनको शव इजरायललाई हस्तान्तरण गरेको थियो । इजरायल सरकारले विपिनका परिवारलाई आफ्नो नागरिकले पाउने सेवा सुविधा उपलब्ध गराउने जानकारी गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by